नियम विपरित व्यवसाय गर्ने गर्ने २ जनालाई सरकारी डन्डा



काठमाडौ ८ असार
नियम विपरीत सञ्चालन गरेको पाइएपछि काठमाडौँ उपत्यकाका दुई पसलमा बिहीबार शिलबन्दी गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा कलङ्कीस्थित माया ट्रेडर्स र नयाँ बानेश्वरमा रहेको फुड एण्ड एलाइट स्टोर बन्द गरिएको हो ।

ठूलो मात्रामा म्याद नाघेको औषधी बिक्रीका लागि राखिएको, मूल्यसूची र नामपाटी तथा व्यवसाय दर्ता र नापतौल प्रमाणीकरण नभएकाले सञ्चालक स्वंयमको जिम्मामा रहने गरी ती दुवै पसललाई बन्द गरी केही निर्देशन पूरा गरी सात दिनभित्र विभागमा आउन भनिएको अनुगमन संयोजक सुभाष चापागाईँले बताए ।

म्याद नाघेको सामग्री बिक्री वितरण गरिएको, गोदाममा विभिन्न खाद्य सामग्री पोको नपारिएको, लेबलिङ स्टिकर कहाँबाट प्राप्त भएको स्पष्ट नभएको र मसला पसल ब्राण्ड उल्लिखित नभएको हुँदा सोको स्पष्टीकरणसहित ललितपुर, पुल्चोकमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोर प्रालि र लगनखेलमा रहेको अनुपम ट्रेडर्सलाई २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्