मान्छेको शरीरमा गर्मी चढेपछी यस्तो भयो चितवनमा



शारीरीक सम्पर्कका लागि महिला मिलाइदिने भन्दै एक युवकलाई ठगी गर्ने तीन जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिक ७ बस्ने वर्ष २४ का राजकुमार चौधरी र सोही स्थानकै १९ वर्षीय डेविट सिलवाल छन् ।

उनीहरुसँगै एक महिला पनि पक्राउ परेकि  छन । उनीहरुले शारीरिक सम्पर्कका लागि एक जनासँग एकरातको १० हजार नगद लिएका थिए । रकम लिएपछि महिलासहित तीनै जना फरार भएका थिए ।

यौन सम्पर्कका लागि तयार भनिएकी ३७ वर्षीय एक महिलालाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।

रकम दिने व्यक्तिलाई पनि अनुसन्धानका लागि बोलाइएको छ । उनीहरुबीच रकम लिएपछि महिलाका बिषयमा विवाद भएको थियो । महिला मिलाइदिने दुई व्यक्ति, महिला र रकम दिने व्यक्तिका बीचमा आपसी कुरा नमिल्दा घटना बाहिर आएको प्रहरीको अनुमान छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्