बसाइँ व्यवस्थापनका लागि सामग्री प्रदान



सैघाली खबर, ९ असार ।
राप्तीसोनारी गाउँपालिकाका ५४ वटा विद्यालय मातहतका ५६ वटा बालविकास केन्द्रलाई बसाइँ व्यवस्थापनका लागि सामग्री प्रदान गरिएको छ ।

कोकाकोला फाउण्डेशन र सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले बाढीबाट प्रभावित बालबालिकाहरुको शिक्षामा पहुँच कार्यक्रमअन्र्तगत बालमैत्री बसाइँ व्यवस्थापनका लागि सामग्रीहरु उपलब्ध गराएको हो । क्लबले २८ केन्द्रलाई कार्पेट, ३२ केन्द्रलाई पि फम र ५६ केन्द्रलाई कुशन गरी कुल ९ लाख १६ हजार ५४३ बराबरको सामग्री उपलब्ध गराएको हो ।

जिल्लामा बाढी प्रभावित बालबालिकाहरुको गुणस्तर शिक्षामा पहुँच पु¥याउन परियोजनामार्फत सो गाउँपालिकाका विद्यालय र बालविकास केन्द्रलाई विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको हो । अरु ३६ वटा विद्यालयमा मर्मत सम्भारको कार्य समेत सम्पन्न गरिसकिएको क्लबका अध्यक्ष परबेज अली सिद्दिकीले बताए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्