विश्वकप फुटबलमा आज तीन खेल हुने



सैघाली खबर, १० असार ।

विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पौने ६ बजे निझ्नी नोभ्गोरोद रंगशालामा समुह जी का दुई टोली इङ्ल्यान्ड र पानामा भिड्नेछन् । इङ्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई हराएको थियो भने पानामा बेल्जियमसँग हारेको थियो ।

आजै बेलुकी पौने ९ बजे एकातेरीन्वर्ग एरिनामा जापान र सेनेगल भिड्नेछन् । पहिलो खेल जितेका यी दुई टोलीबीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

जापानले पहिलो खेलमा कोलम्बियालाई तथा सेनेगलले पोल्याण्डलाई हराएका थिए । आजको अन्तिम खेलमा राति पौने १२ बजे पोल्याण्ड र कोलम्बिया भिड्नेछन् ।

काजान एरिनामा हुने यो खेलमा विजयी हुने टोलीको अर्को चरणमा पुग्ने सम्भावना जिवित रहनेछ । आज पराजित हुने टोली भने समूह चरणबाटै घर फर्किनेछ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्