विवाह पछि कर्म घरमा गए, अनि मात्रै श्रीमानलाई देख : ‘कालिबुढी’ (भिडियो)



सैघाली खबर, ११ असार ।
चलचित्र ‘छक्का पञ्जा’ देखि ‘छक्का पञ्जा तीन’ सम्म आईपुग्दा लगातार माग्ने बुढाकी आमा बनेर ‘कालिबुढी’ उपनामले परिचित बनेकि कलाकार हुन् सारदा गिरी । करिब ३२ बर्षअघिदेखि अभिनय शुरु गरेको बताउने सारदालाई छक्का पञ्जा फिल्मले झनै उचाईमा पु¥याएको हो ।

सारदा भन्छिन् ‘अहिले सम्म धेरै टेलिसिरियल र चलचित्रमा काम गरे तर मैले जव छक्का पञ्जा देनि छक्का पञ्जा दुई र तीनमा काम गरे त्यसपछि मेरो उचाई झनै चुलिएको हो’ । उनले अहिलेसम्म सैयौ टेलिसिरियल र दर्जनौ चलचित्रमा काम गरिसकेकि छिन् । कलाकार सारदा गिरीले अभिनय गरेका ‘छक्का पञ्जा तीन’, जय भोले लगाएत बहुप्रतिक्षित चलचित्र रिलिजको पर्खाईमा पनि छन् ।

विवाह पछि मात्रै अभिनय छेत्रमा प्रवेश गरेको बताउने शारदाले एस्.के. अनलाईसंग अन्तवार्त दिदै विगतका निकै रमाईला कुराहरु पनि खोलेकि छिन् । उनको विवाह प्रसङ्गबारे सोध्दा सारदा भन्छिन्, ‘मेरो मागेर विवाह भयो तर मैले केटा देख्नै पाईन, जव विवाह पछि कर्म घरमा प्रवेश गरे अनि मात्रै श्रीमानलाई देखे’ । पुरा कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नस् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्