नवौं क्षेत्रीय रनिङ सिल्डको उपाधि चितवनले हात पार्यो



काठमाडौं, २२ असार । चितवनले नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड बिहीबार जितेको छ । चितवन सर्वाधिक १ सय ७९ अंक जोड्दै समग्रमा टिम च्याम्पियन बन्यो ।

मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा ललितपुर १ सय ६३ अंकसाथ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बझाएको काठमाडौंले १ सय ५९ अंक बटुल्यो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे

प्रतियोगिताको अन्तिम दिन छात्र भलिबलको उपाधि भक्तपुरले जित्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा भक्तपुरले चितवनलाई २५–२१, १९–२५, २२–२५, २५–१४ र १५–१२ ले पराजित ग(यो ।

छात्रा भलिबलमा काठमाडौं च्याम्पियन भयो । फाइलनमा काठमाडौंले चितवनलाई नै २५–८, २५–१९ र २५–११ को सोझो सेटमा हरायो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवर, मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा र क्षेत्रीय प्रमुख मोहम्मद ज्याउल इस्लामले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा १८ जिल्लाका १ हजार ४ सय २२ खेलाडी सहभागी थिए । भलिबल, एथलेटिक्स, कबड्डी, कराते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा भएको थियो । त्यसमा भलिबल, एथलेटिक्स र कबड्डीको पदकलाई निश्चित अंक प्रदान गरी टिम च्याम्पियनको घोषणा गरिएको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्