होसियार ! जमिन बाझो राखे कार्वाहीमा परियला नि



सैघाली खबर, १२ असार ।
मुसिकोट नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा जमिन बाँझो राख्नेलाई कारबाही गर्ने प्रस्ताव अघि सारको छ । नागरिकले जमिन बाँझो राख्ने क्रम बढ्दै गएको भन्दै नगरपालिकाले त्यस्तो नियम ल्याएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि भू–उपयोगलाई पहिलो प्राथमिकतामा राखेको छ । ‘जमिन नै जननी हुन, जमिनको प्रयोगबाट नै समृद्धिको बाटोमा जान सकिन्छ’ भन्ने नाराका साथ चलेको नगरसभामा प्रस्तावित नीतिमा जमिन सदुपयोग नगर्नेलाई दण्ड सजायको नीति लागू गर्ने प्रस्ताव गरिएको छ ।

नगरपालिकाले जमिनको सदुपयोग गर्नेलाई प्रोत्साहन र सदुपयोग नगर्नेलाई निरुत्साहित गर्न दण्ड सजायको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा समेटेको छ । नगरपालिकाको भू–भागलाई आठ भागमा विभाजन गरी यसको संरक्षण, उपयोग र व्यवस्थापन गर्ने नगर प्रमुख देवीलाल गौतमले बताए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्