एकता प्रकृया पुरा नहुँदै हितमान शाक्यले गरे पार्टी परित्याग



१३ असार
काठमाडौं । माओवादी जनयुद्धको पृष्ठभूमीबाट आएका नेता हितमान शाक्यले पार्टी परित्याग गरेका छन् । एमाओवादी र एमाले पार्टी एकता प्रक्रिया पूरा हुन नपाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टी छोड्न क्रम चलिेरहेका बेला हितमानलेपनि सो पार्टी त्यागेका छन् । एकताबाट एमाले नेताहरु उत्साहित भएपनि पूर्व माकेका धेरै नेताहरु एकता प्रकृया र पद बाँडफाँडमा असन्तुष्ट छ । केन्द्रीय नेतादेखि जिल्ला तहसम्म पूर्वमाओवादी केन्द्रका नेताहरुमा असन्तुष्टि बढ्दै गएको छ ।

माओवादी केन्द्रमा हुँदा कमिटी ठूलो बनाइकोले धेरै नेताहरु अटाएका थिए भने एकतापछि उनीहरुले अपेक्षा गरेको स्थायी, केन्द्रीय समितिमा धेरै नेताहरु अटाएनन । त्यसैले धेरै नेताहरुले एकताप्रति असहमति जनाउँदै पार्टी छोड्दै गइिरहेका छन ।

हितमान हालको केन्द्रीय समितिका सदस्य हुन । शाक्य निकट नेताहरुका अनुसार पार्टी अध्यक्ष दाहालले भेट समेत नदिएपछि अनौपचारिक रुपमा पार्टी छोडेको बताइएको छ । नेता शाक्य माकेको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको समायोजन छलफलमा समेत अनुपस्थित हुन थालेका छन । सोमबार बसेको अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता कार्यदलको पहिलो बैठकमै शाक्य अनुपस्थित भए ।

विद्यार्थी संगठन एकताको लागि दुबै पार्टीका फ्र्याक्सनसँगै विद्यार्थी अध्यक्ष सहितको कार्यदल गठन गरिएको छ । पहिलो बैठकमा एमालेबाट रविन्द्र अधिकारी र नविना लामा उपस्थित थिए भने माकेबाट रञ्जित तामाङ मात्रै । बैठक विना नै छलफल सकिएको थियो । बैठकले अर्को नेता पठाउने पत्र लेख्ने निर्णय गरेको बताइएको छ ।

तत्कालिन नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीको पूर्वअध्यक्ष समेत रहेका नेता शाक्यले एकता पहिले माकेको तीन नम्बरको जिम्मेवारी पाएका थिए । उनलाई तीन नम्बर प्रदेशको पार्टी एकता कार्यदलमा पनि राखिएको थियो । तर, उनले बस्न अस्वीकार गरेपछि अर्का नेता अग्नि सापकोटालाई राखिएको छ ।

क्रान्तिकारी माओवादीबाट रामबहादुर थापासँगै माकेमा फर्केका नेता शाक्य एकीकृत पार्टीको स्थायी समितिमा नपरेपछि असन्तुष्ट बनेका थिए ।

शाक्यले वैद्य माओवादीका केही नेताहरुसँग छलफल गरेको बताइएको छ । उक्त छलफललाई क्रान्तिकारी माओवादीमै फर्कने तयारीको रुपमा पनि हेरिएको छ । शान्ति प्रक्रियापछि लगातार काठमाडौँ उपत्यकाको जिम्मेवारी पूरा गर्दै आएका थिए ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्