अर्जेनिटनाको जीतसँगै बेहोस भए म्याराडोना



एजेन्सी
अर्जेन्टिनाले नाइजेरिया विरुद्ध २–१ को जीत हासिल गरेसँगै म्याराडोनालाई अस्पताल लगिएको छ । जितपछि उनी स्टेडियममै ढलेका थिए । ब्लड प्रेसर लो भएकाले यस्तो भएको चिकित्सकहरुले बताएका थिए ।
जीतसँगै अर्जेन्टिना दोस्रो चरण प्रवेश गरेको छ । खेलको १४ औं मिनेटमा लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाउँदा म्याराडोना खुसीले पागल भएका थिए ।

तर, नाइजेरियाले बराबरी गोल फर्काएपछि अर्जेन्टिना निकै दबाबमा थियो । खेलको अन्त्यतिर आइपुग्दा म्याराडोना तनावमा देखिन्थे । जब, ८६ औं मिनेटमा मार्कोस रोजोले गोल गरे ।
त्यसपछि अर्जेन्टिनी समर्थकहरुले निकै खुसी मनाएका थिए । म्याराडोना पनि खुसीले पागलजस्तै देखिएका थिए ।
तर, खेल सकिए लगत्तै उनलाई केही समय अस्पताल लगिएको छ ।

अस्पताल लग्नुअघि उनलाई रंगशालामै मेडिकल टिमले चेकजाँच गरेको थियो । सन १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका म्याराडोना फुटबल इतिहासकै महान खेलाडीमध्ये एक हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्