अमिलिया तुलसीपुर सडक खण्ड जोखिम



दाङ , १४ असार ।बर्षायामको सुरुवात सङै तुलसिपुर अमिलिया सडक खण्ड उच्च जोखिममा परेको छ ।सडकमा ठुला खाल्डाखुल्डी र नालाहरु भत्किएपछि सडक जिर्ण बनेको छ । बर्षातका कारण ठाँँउ ठाउँमा खसेको पहिरोको कारण केहि दिन सम्म आवागमण समेत अबरुद्ध हुदा सर्वसाधारण हरुले सास्ति बेहोरेका थिए । सडक डिभिजन कार्यालयले मर्मत सम्भारका पहल नगर्दा समस्या भएको स्थानीय सर्वसाधारणले वताएका छन् ।

 

राप्ति राजमार्गमा पर्ने सो सडक खण्डमा अहिले पनि मर्मतका लागि ठेक्का लिएको तुलसी निर्माण सेवाले प्रभावकारी रुपमा काम संचालन गर्न नसकेको स्थानीयहरुले सर्वजित वलीले जानकारी दिनुभयो ।सधैं जसो उच्च जोखिममा रहेको तुलसीपुर अमिलिया सडक साघुरो भएको र यातायात सञ्चालन गर्न समेत समस्या हुने गरेको यातायात व्यवसायीहरुले वताएका छन ।सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्री प्रसाद शर्मा का अनुसार अमिलिया सडक बिस्तार गर्न टेण्डर भैसकेको बताउँनु भउको छ ।बर्षातको समयमा नयाँ बाटो बिस्तार गर्दा झन समस्या हुने भन्दै तत्कालका लागि मर्मत गर्न आफुले निर्देशन दिएको वतउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्