दैनिक पाँच सय युवाको जागिर खोसेर सस्तो लोकप्रियाताको स्वाद चाख्न मै मस्त मन्त्री



सैघाली खबर, १५ असार ।
श्रम मन्त्री गोकर्ण विष्टले भीएलएन, वानस्टप, बायोमेट्रिक मेडिकल लगायत संस्थाले मलेशिया जाने कामदार माथि आर्थिक भार थपेको भन्दै तत्कालका लागी मलेशियामा कामदार पठाउन बन्द गरेका छन् । दैनिक पाँच सयको हारहारीमा मलेसियामा रोजागरीका लागी युवाहरु जाने गरेका छन् । मलेसियाले नेपालीको रोजगार गन्तब्य मुलुक मात्रै होइन रेमिट्यान्स दिने प्रमुुख देश पनि हो ।

तर श्रम मन्त्री गोकर्ण बिष्ट मलेसिया जाने प्रक्रिया बन्द गराएर सस्तो लोकप्रियाताको स्वाद चाख्न मै मस्त छन् । उनलाई दैनिक ५ सय जना युवाहरु बेरोजगार भैरहेका छन् भन्ने तर्फ कुनै चिन्ता छैन । उनी पनि प्रधानमन्त्री ओलीकै लाइनमा स्वेशमै रोजगारी सिजर्ना गर्छौ भन्दै भाषण गर्नमा रमाइरहेका छन् ।

मन्त्रीको निर्णय हेर्दा लाग्छ नेपालमा रोजागरीको कुनै कमि छैन । देश भर उद्योग कलकारखाना खुलेर रोजगारी दिँदा पनि यि नेपालीहरु विदेश तर्फ नै आकषर््िात भए भने जस्तै गरी यिनीहरुलाई अब लगाम लगाएर रोक्नुपर्छ भन्ने मन्त्री विष्टको बुझाइ रहेको देखिन्छ । यदि त्यसो होइन भने मलेसिया जान बन्द भएको एक महिना हुँदा समेत किन मलेसिया सँगको श्रम सम्झौता किन नविकरण हुन सकेन ?

मन्त्री विष्टले न त भीएलएन, वानस्टप, बायोमेट्रिक मेडिकल लगायतका मलेसिया सरकारकै सहामतिमा सञ्चालन भएका कामदारलाई थप आर्थिक भार थप्ने कार्य बन्द गराएर मलेसिया जाने बाटो खुुल्ला गर्न नै सके । मन्त्री जी ले हेक्का गर्नु पथ्र्यो युवाहरुले स्वदेशमै रोजगारी पाउन उनकै कार्यकर्ता हुनुपर्छ भन्ने कुरा । यदि त्यस्तो बुझेको भए सायद बेरोजगारीले आक्रान्त मुलुकबाट आफ्नो विवशता बोकेर विदेशिने नेपालीको प्रमुख गन्तब्य मुलुकमा हचुवाका भरमा रोजगारीमा प्रतिबन्ध लगाउनु कति जयाज हुन्छ भनेर ?

आज मन्त्री जीले बिचार पुर्याउन नसक्दा मासिक १५ हजार युवाहरु बेरोजगार हुनु परेकोछ यसको बार्षिक हिसाव निकाल्ने हो भने एक लाख असी हजार युवाहरुको भोको पेटमा लात हान्ने काम मन्त्रीको निर्णयले गरेको छ । मेरो आशय कसैको समर्थन गर्नु वा कसैको आलोचान गर्नका लागी यो लेख लेखिएको होइन ।

नेपालमा केही गर्छु भन्दा कसैको कार्यकर्ता बन्नुपर्ने,ठुलै पहुँच हनुपर्ने यर्थाथताका कारण र आफ्नो पहुँच नभएकै कारण मनलाई ढुंगो बनाएर परिवार सँग विछोडीएर श्रम गर्न अर्काको देशमा जानु परेको सायद कसैबाट छिपेको छैन । देशको वास्तविक अवस्था रोजगार मुखि भैदिएको भए नौ जवान युवाहरु किन खाडीको धुप खान तयार हुन्थ्ये । मलेसियामा रोजगारी बन्द हुँदा रेमिट्यान्स र रोजगारी मात्रै गुमेको छैन,लाखौ नेपालीको रोजगारीको हक माथि प्रहार भएको छ ।

त्यति मात्रै होइन गाउँमा साहु माहाजनबाट चर्को व्याजदरमा ऋण काढेर सुन्दर भविष्यका लागी भन्दै मलेसिया जान तम्सेर आएका सयौ नेपाली थप ऋणको भारमा पिसिएका छन् । सविधानले नै ग्यारेन्टी गरेको मौलिक हकको रुपमा रहेको रोजगारीको हकलाई कुण्डित गर्ने अधिकार मन्त्री ज्युलाई कस्ले दियो ?

मलेसियामा कामदार माथी भएको आर्थिक शोषणको समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्नु पर्नेमा पक्रिया नै बन्द गराएर कुटनीतिक पहल थाल्नु कसरी बुद्धिसम्मत भयो ? यस्तो सतही निणर्यले आश गरिएका ब्यक्ति पनि पुरानै जोगी जस्तै बनेका छन् । अर्को तर्फ मलेसियामा रोजागरी बन्द हुँदा विमान कम्पनिहरुले हवाई उडानमा पनि कटौति गरिसकेका छन् ।

सियो समेत नबन्ने हाम्रो जस्तो मुलुकका लागी एउटा मात्रै रोजागारी कटौती हुनुलाई सुखद पक्ष कसरी मान्न सकिएला र ? त्यसैले बैदेशिक रोजगारीका नाममा भएको विकृतिलाई जरै उखेल्नु पर्छ, रोजगारी दिने नाममा मानव तस्करी गर्नेलाई कानूनको कठघरमा उभ्याउनै पर्छ,लाखौँको जीवनयापनको आधार बैदेशिक रोजगारीलाई सुरक्षित र मार्या्िदत बनाउनु पर्छ यसमा कसैको विमती छैन तर श्रममन्त्रीले यो पनि विचार गर्नुपर्छ कि उर्जा मन्त्री भएर महशुल नतिर्ने आफु मातहतको कार्यालयको लाइन काट्दा सिमित मानिसलाई असर गर्दथ्यो भने मलेसियामा जाने रोजगारीको बाटो बन्द गरिदिँदा कति प्रभावित बने त्यसको दीर्घकलिन असर कस्तो पर्छ भनेर सोच्नु पथ्र्यो ।

त्यसैले श्रम मन्त्री ज्यु आफुुले पनि रोजगारी नदिने र अरुले दिएको रोजागरीको बाटो पनि बन्द गराउने तपाईको निर्णय धेरैलाई रुवाएको छ । मन्त्री ज्यु सबै जनता तपाई जस्तै मन्त्री,संसाद हुने हैसियत राख्दैनन् । तपाई कै कार्यकर्ता भएर झन्डा बोकेर रमाउन चाँहदैनन् । विदेशमै भए पनि पसिना बगाएर आत्मसम्मान साथ बाँच्न चाहन्छन् । तपाईले त त्यो आत्म सम्मानमा समेत प्रहार गर्नु भयो । अब आफै भन्नुहोस् तपाईबा बारण बेरो.जगार भएकाहरुले के उद्यम गर्ने ?-वि पी पोखरेल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्