लापरवाहीले सशस्त्र प्रहरीका जवानले कपडा पाएनन्



काठमाडौं २३ असार 

सशस्त्र प्रहरी प्रधान कार्यालयले ३ वर्षदेखि आफ्ना जनशक्तिलाई कब्याट ड्रेससहितको अति आवश्यकीय लत्ताकपडा उपलब्ध गराउन सकेको छैन । ठेकेदार र निर्णय प्रक्रियामा संलग्न अधिकारीबीच अपारदर्शी खरिद प्रक्रिया तथा आर्थिक चलखेल हुँदा यस्तो अवस्था देखिएको जानकारहरु बताउँछन् ।

वर्षैपिच्छे उपलब्ध गराउनुपर्ने बुट, चुस्ता, ट्राउजरलगायत मौसमअनुसारका आधा दर्जन लत्ताकपडा खरिद नहुँदा करिब ३७ हजार सशस्त्र प्रहरी कर्मचारीका लागि विनियोजित रकम बजेट नै फ्रिज भएर लत्ताकपडा उपलब्ध गराउन सकेको छैन् ।

सशस्त्र प्रहरी प्रशासन विभागका अनुसार, अढाइ वर्षअघि ३० करोड रुपैयाँभन्दा बढीको लत्ताकपडा लगायतका बन्दोबस्तीका सामान खरिदसम्बन्धी सम्झौता भएको थियो । तर, सम्झौताअनुसार धेरैजसो सामान खरिद नभएपछि सशस्त्रले केही ठेकेदारसँग सम्झौता नै रद्द गरेको थियो । कारोबार दैनिकमा समाचार छ ।

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले ३ वर्षदेखि आफ्ना जनशक्तिलाई कब्याट ड्रेससहितको अति आवश्यकीय लत्ताकपडा उपलब्ध गराउन सकेको छैन । ठेकेदार र निर्णय प्रक्रियामा संलग्न अधिकारीबीच अपारदर्शी खरिद प्रक्रिया तथा आर्थिक चलखेल हुँदा यस्तो अवस्था देखिएको जानकारहरु बताउँछन् । वर्षैपिच्छे उपलब्ध गराउनुपर्ने बुट, चुस्ता, ट्राउजरलगायत मौसमअनुसारका आधा दर्जन लत्ताकपडा खरिद नहुँदा करिब ३७ हजार सशस्त्र प्रहरी कर्मचारीका लागि विनियोजित रकम बजेट नै फ्रिज भएर लत्ताकपडा उपलब्ध गराउन सकेको छैन् । सशस्त्र प्रहरी प्रशासन विभागका अनुसार, अढाइ वर्षअघि ३० करोड रुपैयाँभन्दा बढीको लत्ताकपडा लगायतका बन्दोबस्तीका सामान खरिदसम्बन्धी सम्झौता भएको थियो । तर, सम्झौताअनुसार धेरैजसो सामान खरिद नभएपछि सशस्त्रले केही ठेकेदारसँग सम्झौता नै रद्द गरेको थियो । कारोबार दैनिकमा खबर छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्