कमलहरीको पीडा –मालिकको घरले बर्षेनी एक जनाको ज्यान लिन्छ



जनक नेपाली

घटना नं. १
दाङ १६ असार । २०७५ जेठ २९ गते एक्कासी जमिनदारको घरमा डोरीले झुन्डिएको अबस्थामा फेला परिन । बर्दिया स्थित बाँसगढी नगरपालिका ४ की अस्मिता थारुको मालिकै घरमा हत्या भयो । अभाव टार्न स्थानीय दुर्गाबहादुर भण्डारीको घरमा कमलहरी बस्दै आएकी ११ बर्षीय अस्मिताको कसरी हत्या भयो उनको परिवार पनि अनबिज्ञ छ । जमिनदारले अस्मिताको हत्या छुपाउँन कसैलाई थाहा नदिई मृर्तकको परिवारलाई शव गाड्न लगाए । यौन तिर्खा मेट्न पटक ÷पटक बलात्कार गर्दै आएका जमिनद्धारले अन्तह ११ बर्षिया बालिकाको ज्यान नै लिए । अस्मिताको परिवार मुक्त कमलहरी विकास मञ्च दाङमा जव आईपुगे तब यी सबै रहस्य खुले ।

घटना नंं. २
२०७० मा देउखुरी लालमटीयाकी सृर्जना चौधरीको जमिनदारको घरमा जलेर मृत्यु भएको खबर आयो । ललितपुर चाकुपाट स्थित जमिनदारको घरमा कमलहरी बस्दै आएकी सृर्जना पटक–पटक घर मालिकद्धारा नै बलात्कृत भईन । घर मालिकले यी सबै कुरा छुपाउँन धेरै प्रयास नगरेका पनि होईनन । भान्सा गर्ने क्रममा आगोले जलेर मृत्यु भएकको भनिएकी चौधरीको घर मालिकले सबै कुरा लुकाउँन सिर्जनाकोे मट्टीतेल छर्केर हत्या गरे । टीकापुरकी सरिता चौधरी, धनगढीकी उर्मिला राणा थारु, बर्दियाकै मेघी चौधरी र दाङ रामपुरकी सिमा होजामगरको अस्मिता र सृजना जस्तै गरी हत्या गरियो । बर्षेनी मालिकको घर तीन देखि पाँच जना सम्म कमलहरीको ज्यान लिने गरेको कमलहरीको क्षेत्रमा कामगर्दै आएको संस्था मुक्त कमलहरी विकास मञ्च दाङले जानकारी दिएको छ ।

हाल सम्म पनि हत्यामा संलग्न भएकालाई कारवाही न पीडितले नै क्षतिपूर्ती पाएको मुक्त कमलहरी विकास मंञ्च दाङका अध्यक्ष सुनिता चौधरीले जानकारी दिनुभयो । जमिनदारको घरमा बसेका कमलहरीहरु प्राय यौन शोषणमा पर्ने भन्दै प्राय घरमालिकले यौन शोषणको कुरा छुपाउँन उनिहरुको हत्या घर मलिकले गर्ने गरेको सुनिताको भनाई छ । पछिल्लो पाँच बर्षमा हत्याको श्रृखला ह्वातै बढेको भन्दै नियन्त्रणका लागि कसैले चासो नदिएको सुनिताले वताउँनुभयो । हत्यामा संलग्नहरुलाई कानुनी कारवाही नहुदा यस्ता घटना बढ्दै गएको उहाँको भनाई छ ।
कमलहरी हत्याको विषय दुई देखि सात लाख रुपैयाँमा सम्मको लेनदेनमा नै मिलापत्र हुदै आएको मञ्चकी अध्यक्ष सुनिताको भनाई छ । सबै कमलहरीको यौन शोषण र घरेलु हिंसाबाट हत्या हुने भन्दै सरकार कमलहरीका पक्षमा उदासी नबनेको उहाँले वताउँनुभयो । २०७० मा सरकार र कमलहरीका विचमा दशबुदे सहमति गरेपनि हाल सम्म सरकारले उक्त सहमति कार्यान्वयन नगरेको उहाँले आरोप लगाउँनु भयो । सरकार संग मृर्तक सृजना र मेघी चौधरीको हत्या संलग्नलाई कारवाही र परिवारलाई उचित क्षतीपूर्ती व्यवस्था गर्नुपर्ने, कमलहरीका लागि अबश्यकता अनुसार छात्रबृद्धिको व्यवस्था, कमलहरी परिचयपत्र वितरण सिपमुलक तालिमको व्यवस्था गर्नुपर्नेमाग गर्दै दुबै पक्षका विचमा सहमति भएको थियो ।

सरकारले २०७० असार १३ गते नेपाललाई मुक्त कमलहरी देश घोषणा गरे पनि अझै ९७ जना कमलहरीको पुनःस्थापना गर्न बाँकी रहेको मञ्चले जनाएको छ । जस मध्य दाङमा २१ बाके ५,बर्दिया ३१, कैलाली २८ र कन्चनपुरमा ७ जनाको उद्धार गर्न बाँकी रहेको मञ्चको तथ्याङकमा उल्लेख गरिएको छ । सरकार र कमलहरीको विषयमा भएको दशबुदे सम्झौता कार्यान्वयन नभएर आन्दोनलन गर्ने तयारीमा समेत आफुहरु जुटेको मुक्त कमलहरी विकास मंञ्च दाङकी अध्यक्ष सुनिता चौधरीले वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्