एउटा बिरुवा रोपे २० रुपैयाँ, पैसा कमाउन गाह्रो छ त ?



सैघाली खबर, २६ असार ।

शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई २० रुपैयाँ दिने भएको छ । नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा २० रुपैयाँका दरले उपलब्ध गराइने घोषणा गरे ।

नगरपालिकाका १५ वटै वडामा फलफूलका बिरुवा वितरण गर्दै नगर प्रमुख अधिकारीले बिरुवा लिएर हुर्काउने सबैलाई अर्को वर्ष अनुगमनपछि रकम भुक्तानी गरिने जानकारी दिए। नगरपालिकाले नगरमा आँप, लिची, सुन्तला, कागती, ओखर तथा अन्य जडीबुटीका २४ हजार बिरुवा वितरण गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्