वर्षाले एक हप्तामा ५० को ज्यान लियो, ९  जना अझै बेपत्ता



सैघाली खबर, २७ असार ।

वर्षाले पछिल्लो एक हप्तामा देशभर ५० जनाको मृत्यु भएको छ । वर्षापछि तराईमा आएको बाढी र पहाडमा खसेको पहिरोले उनीहरुको मृत्यु भएको हो । असार १८ देखि देशका विभिन्न स्थानहरुमा परेको अविरल वर्षाका कारण ५० जनाको ज्यान गएकाे  मन्त्रालयले बताए पनि कुन जिल्लामा कतिको ज्यान गयो भन्ने खुलाएको छैन ।

९  जना अझै बेपत्ता छन् । बाढीमा बगाएर तथा पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन् । गृहले उनीहरुको खोजी भइरहेको जनाएकाे छ ।तराईमा बाढी पछिको डुबान र पहाडमा गएको पहिरोले २२ जना व्यक्तिहरु घाइते भएका छन् । उनीहरुको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले जानकारी दिए ।

बाढी, पहिरो, डुबान र चट्याङबाट प्रभावितहरुको खोज, उद्धार तथा राहत वितरणका लागि सुरक्षाकर्मी, स्थानीय प्रशासन परिचालन गरिएको गृहले जनाएको छ । बाढी तथा पहिरोले पुर्‍याएका अवरोध हटाएर वैकल्पिक उपाय अवलम्बन गरिएको गृहको भनाइ छ । गृहका प्रवक्ता सुवेदीका अनुसार बाढी र पहिरोको सम्भावित क्षतिलाई रोक्न सुरक्षा एकाइ र स्थानीय प्रशासनलाई तयारी अवस्थामा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्