योनिभित्र लिङ्ग अड्किएपछि



एजेन्सी । केन्यामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यस घटनाबारे थाहा पाउने मानिसहरू अचम्ममा परेका छन् ।

भएको के रहेछ भने त्यहाँका एक व्यापारी होटेलमा आफ्नी घरेलु कामदारसँग यौन सम्पर्क गरिरहेका रहेछन् । तर त्यसैबेला ती व्यापारीको यस कर्तुतको पोल खुलेछ, त्यो पनि अनौठो पाराले ।सेक्स गर्दा योनिभित्र लिङ्ग अड्किएपछि…

भएको के रहेछ भने वीर्यस्खलनपछि जब उनीहरू छुट्टिन खोजे, त्यतिबेला ती पुरुषको लिङ्ग योनीमै अड्कियो । यसलाई बाहिर निकाल्न चिकित्सककै सहयोग लिनुपर्ने अवस्था आयो । चिकित्सकको सहयाेगपछि मात्रै उनीहरू अलग्गिन सके ।

आफ्नी घरेलु कामदारसँग होटेलमा यौन क्रियाकलाप गर्दै गरेका ती व्यापारी त्यसबेला नराम्ररी फसे जब उनको लिङ्ग ती कामदारको योनीमा अड्कियो । बाहिर झिक्ने लाख कोशिस गर्दा पनि सफल नभएपछि उनीहरूले बाध्य भएर होटलका कर्मचारी गुहारे । उनीहररूले समेत छुट्याउन नसकेपछि चिकित्सक बोलाउनु पर्ने अवस्था आयो र चिकित्सकले उनीहरूलाई अलग्याए ।

घटना केन्याको किटले सहरको ट्रान्स–नोजिया काउण्टीस्थित एउटा होटलमा भएको हो । होटेलको कोठामा बसेका एक जोडी चिच्याउन थालेपछि होटल कर्मचारीले प्रहरीलाई खबर गरे । त्यसलगत्तै प्रहरी होटेलको कोठामा पुग्दा उनीहरू सेक्स गरिरहेको अवस्थामा थिए । त्यसपछि प्रहरीले चिकित्सकको टोलीलाई बोलायो र चिकित्सकले उनीहरुलाई अलग गरे ।

ती व्यापारी व्यवसायको सिलसिलामा किटले शहर आएका थिए । उनले अफ्नी श्रीमतिलाई घरमै छोडेर घरमा काम गर्ने कामदारलाई आफूसँग होटेलमा लिएर आएका थिए ।

व्यापारीकी श्रीमतिका अनुसार उनको घरमालिक्नीसँग पनि अफेयर रहेको छ । प्रहरीले व्यापारी र उनकी कामदारलाई पक्राउ गरेको छ । घटना सार्वजनिक भएपछि होटेल बाहिर भीड लागेको थियो । भीडलाई नियन्त्रणमा लिन प्रहरीलाई हवाई फायर गर्नु परेको जनाइएको छ ।

सेक्स गर्दा उनीहरुको गुप्ताङ्ग कसरीभित्र अड्कियो भन्नेबारेमा अहिलेसम्म खुल्न सकेको छैन । तर चिकित्सा विज्ञानले यसलाई ‘पीनिस क्याप्टिभस् सिचुएसन’ भनेको छ । यो एकदमै कम वा अपवादका रुपमा हुने गर्छ । ‘पीनिस क्याप्टिभस् सिचुएसन’ त्यति बेला सृजना हुन्छ जतिबेला योनिभित्र पसेपछि लिङ्ग झनै कडा भएर जान्छ ।

यस्तो बेला महिलाको योनिको मांसपेसी पनि कडा भएको हुन्छ र यसै कडापनका कारण लिंग योनिको मासंपेशीमा अड्किन्छ । यसो गर्दा लिङ्ग योनिबाट बाहिर आउन नसक्ने चिकित्सकहरू बताउँछन् ।

यस्तो अवस्था योनिको मासंपेशी शीथिल नहुँदासम्म र लिंगमा रक्त प्रवाह कम हुँदैन त्यति बेलासम्म लिंग योनिबाट बाहिर निस्कन पाउँदैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्