पेलेलाई पछ्याउँदै एम्बाप्पे



रुस ३२ असार । फ्रान्सका केलियन एम्बाप्पेले पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका छन् ।

फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर विश्वकप जित्दा एम्बाप्पेले पनि गोल गरे । १९ वर्ष २०७ दिनका एम्बाप्पे पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी हुन् ।

सन् १९५८ को विश्वकपमा गोल गर्दा पेले १७ वर्ष २४९ दिनका थिए ।

यसअघि उनले विश्वकपको एकै खेलमा दुई गोलको पेलेको रेकर्ड पनि बराबरी गरेका थिए । यसरी हेर्दा फ्रान्सको पेलेका उपनाम पाएका एम्बाप्पे साँच्चै पेलेलाई पछ्याइहेको देखिन्छ ।

उनले रुस विश्वकपकै उत्कृष्ट युवा खेलाडी समेत घोषित भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्