असार २६
आगामी असार ३० गते हुन लागेको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा रोहन गुरुङको नेतृत्वमा चुनावी मैदानमा होमिएको एमाले र माओवादी केन्द्र निकट ब्यवासायीहरुको गठबन्धन निकै बलियो बन्दै गएको छ । ब्यवसायीलाई जवर्जस्ती फ्रि भिषा र फ्रि टिकट लागू गराउने मुख्य योजनाकार संघका बर्तमान अध्यक्ष बिमल ढकाललाई नै कांग्रेसले उम्मेदवार बनाएपछि ब्यवसायीहरु गुरुङ नेतृत्वको गठबन्धनमा आकर्षित भएका हुन ।
तात्कालिन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ फ्रि भिषा र टिकटको निर्णय फिर्ता लिन तयार भएको बेला ढकालले संघको कार्यसमितिमा समेत परामर्श नगरी बंगलादेश र भारतका एजेण्टसँग मिलेमतो गरी अदालतमा गएर निर्णय लागू हुने अवस्था सिर्जना गर्नुभएको थियो । सो निर्णय खारेजीका लागि संघका महमासचिव रहेका रोहन गुरुङले लामो संघर्ष गरेपनि ढकालकै कारण असफल बन्नुभएको थियो । सोही कारण पनि ब्यवसायीहरु गुरुङको नेतृत्वमा रहेको टिम जिताउन लागेका हुन ।
निर्वाचनमा बलियो गठबन्धनसहित गुरुङ नेतृत्वको टीम अहिले चुनावी अभियानमा रहेको छ । गुरुङ प्यानलमा प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना, दितीय उपाध्यक्षमा संघमा पूर्वसचिवसमेत रहेकी महिला नेतृ शुवर्ण श्रेष्ठ, तृतीयमा उपाध्यक्षमा शुक्र पाख्रिन उम्मेदवार बन्नुभएको छ । महासचिवमा अत्यन्तै प्रष्ट बिचार र ब्यवसायीको हितमा लडने नरेश गेलाल, सचिवमा ईश्वर जिसी, कोषाध्यक्षमा रमिला ताम्राकार रोकाय मगर उम्मेदवार बन्नुभएको छ ।
संयुक्त प्यानलबाट सन्जु गुरुङ, प्रेमबहादुर विश्वकर्मा, तेजुमाया लिम्बु र सबिना श्रेष्ठ, सुरेश गौतम, कुन्छा दोर्जे डिमडोङ, परमेश्वर अधिकारी, तिलकबहादुर तामाङ्ग, बबनकुमार सिंह र पितमबहादुर मगर उम्मेदवार बन्नुभउको छ । गुरुङको नेतृत्वमा चुनावी मैदानमा रहेका सवै ब्यवसायी बैदेशिक रोजगार ब्यवसायलाई प्रतिष्ठित बनाउन चाहने रहेको चुनाव प्रचार मुल समितिका ंयोजक शरोज पोखरेल बताउनु हुन्छ ।‘ हाम्रो उम्मेदवारहरु ब्यवसायलाई बचाउने र प्रतिष्ठित बनाउने काममा नेतृत्व गगरेको ब्यक्ति हुनुहुन्छ, हाम्रो जीतको आधार पनि यही नै हो,’ पोखरेलले भन्नुभयो । उता ढकाल समूहबाट प्रथम उपाध्यक्षमा प्रज्ञान न्यौपाने, द्वितीय उपाध्यक्षमा भूवनसिंह गुरुङ, तृतीय उपाध्यक्षमा नवलकिशोर यादव उममेदवार बन्नुभएको छ । त्यसैगरी महासचिवमा सुजित श्रेष्ठ, सचिवमा बिनोदजंग केसी, कोषाध्यक्षमा राधिका कटुवाल उम्मेदवार बन्नुभएको छ ।
यस्तै सदस्यमा भोजराज भुषाल, मेघनाथ भूर्तेल, इन्दिरा गुरुङ, सर्वधन तामाङ, कुमारबाबु श्रेष्ठ, दिनेश राय कृष्ण कुमार जैसी, मोहम्मद जब्बरदिन मियाँ ९मुन्ना०, गुनेन्द्रप्रसाद अम्गाईँ ९जिपी० र सुरज केसीको उम्मेदवार बन्नुभएको हो ।
अहिलेसम्मको चुनावी आँकलनमा गुरुङ नेतृत्वको संयुक्त ब्यावसायिक समुह निकै अगाडि रहेको छ । ब्यवसायीहरुले ढकालको नेतृत्वमा आफ्नो हित भन्दा अहितका काम बढी भएको कारण पराजित गर्नुपर्ने बताउँदै चुनावमा गुरुङ समुहलाई साथ दिएका हुन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।