संसदको बैठक आज पनि बस्दै



असार २६


ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आजको बेठकमा सरकारले पेश गरेको बजेट र विभिन्न विधेयकमाथि छलफल हुनेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा मन्त्रीहरुले मन्त्रालगत एजेण्डामा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ । सांसदहरुले बजेटमाथि उठाएका प्रश्नहरुको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् । सरकारले संघीय संरचनाअनुसार तीन तहमा कर्मचारी समायोजनसम्बन्धी कानुनी व्यवस्था गर्नेगरी कर्मचारी समायोजन विधेयक हिजो व्यवस्थापिका संसद्मा पेस गरेको छ । सरकारले गत वैशाखमा कर्मचारी समायोजन विधेयक संसद्मा दर्ता गरेको थियो । विधेयकले एक वर्षसम्म सरकारी कर्मचारी पदपूर्तिमा रोक लगाउने प्रस्तावमा कर्मचारी सङ्गठनहरूले विरोध गर्दै आएका छन् । प्रस्तावित विधेयकमार्फत तीन वटै तहका लागि आवश्यक कर्मचारी व्यवस्थापन सर्वेक्षण प्रतिवेदन प्राप्त नहुँदासम्म कम्तीमा एक वर्षका लागि कर्मचारी पदपूर्तिमा रोक लगाउने प्रस्ताव सरकारले गरेको छ । विधेयक प्रमाणीकरणको कम्तीमा एक वर्ष कर्मचारीको रिक्त दरबन्दी आन्तरिक र खुला दुवै प्रतिस्पर्धाबाट रोक लगाउने सरकारको प्रस्ताव छ । विधेयकले समान तहमा समायोजन हुन चाहने कर्मचारीलाई विकल्प दिएको छ । संसद्मा पेस भएको विधेयक सैद्धान्तिक छलफलपछि संशोधन दर्ताका लागि अनुमोदन हुनेछ । संशोधन प्रस्ताव दर्तापछि विधेयक पुनः संसद्को पूर्ण बैठकमा पेस हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्