शंकर पोखरेल दङ्गालीको छोरो हो भने दाङ लाई प्रादेशिक राजधानी तोक्नुपर्छ: घिमिरे



सैघाली खबर संवाद्दाता
दाङ श्रावण ५
५ नम्बर प्रदेशका मुख्यमन्त्रि शंकर पोखरेल संग दाङ निर्वाचन क्षेत्रनं २ (क) बाट प्रदेश सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका निकटतम प्रतिद्वन्द्वि कमल किसोर घिमिरेले शंकर पोखरेललाई दाङ लाई प्रादेशिक राजधानी तोक्न चुनौति दिनुभएको छ । “ शंकर पोखरेल दङ्गालीको छोरो हो भने दाङ लाई प्रादेशिक राजधानी तोक्नुपर्छ” घिमिरेले भन्नु भयो ।

नेपाली काँग्रेसका नेता तथा निवर्तमान पार्टि सचिव समेत रहनुभएका कमल किसोर घिमिरेले हाज सैघाली खबर डटकम तथा सैघाली अनलाइन टिभिमा प्रत्यक्ष अन्तरवार्ताको क्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

सम्वाद्का क्रममा सरकार अधिनायकवाद तर्फ अघिबढेको भन्दै अधिनायक बादी सरकारलाई अंकुस लगाउन नेपाली काँग्रेसले सडक र सदनमा संघर्ष गरी बलियो प्रतिपक्षको भुमिाका खेल्ने बताउनुभयो । सरकारले अविलम्ब डा.गोविन्द के.सी.संग अबिलम्ब वार्तागरी जायज मागहरु सरकारले पुरा गर्नुपर्ने बताउनुभयो । आफु चुनावमा पराजित भएपनि बिकास निर्माणको सवालमा आफु जनताको साथमा रहेको बताउनु भयो । “ मेरो पहलमा सैघा, दाङ बाङ,गोग्लि क्षेत्रहरुमा बिसाल खानेपानी योजनाहरु भित्रिएका छन् ” घिमिरेले भन्नु भयो । हाल सम्म पनि हाँसिपुर र सैघामा बिद्युत नपुगेको भन्दै घिमिरेले बिद्युतिकरणका लागि पहल गरेको बताउनुभयो ।

(घिमिरेसंग गरिएको बिस्तृत कुराकाकानी सैघाली अनलाइन टिभीमा हेर्नुहोस)

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्