वर्तमान सरकारमा स्खलन आयो राजमो नेता भट्ट



दाङ   ६ श्रावण  राष्ट्रिय जनमोर्चा दाङ ले लमहीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य मनोज भट्ट ले देशको राष्ट्रियता, स्वाधिन्ता र अखण्डताको रक्षा अहिलेको महत्त्वपूर्ण विषय भएको कुरा बताउनु भयो । अहिले केपि सरकार पुन सत्तारोहण भए पछि उनमा ठूलो स्खलन भएको छ ।

त्यसैले यो बिसय गम्भीर भएको छ । हसिया हतौडा धारीको सरकार हुनु खुसिको कुरा भएता पनि अहिलेको सरकारले जनताको काम गर्न नसक्ने कुरा बताउनु भयो । यसैगरी पार्टीका पुर्ब केन्द्रिय सल्लाहकार सुरेश थापाले राजनीति आन्दोलन मा पार्टी कार्यकर्ता को भुमिका र देशका अन्य पार्टीहरुको चरित्रको बारेमा प्रकाश पार्नु भएको थियो ।

 

जिल्ला अध्यक्ष गणेश आचार्य ले जिल्लामा चलेका कार्यक्रम को बारेमा प्रकाश पार्दै कार्यक्रम को बिसय प्रबेश गराउनु भएको थियो । लमही नगर अध्यक्ष हरि थापाको अध्यक्षतामा भएको कार्यक्रम मा जिल्ला उपाध्यक्ष महेश रिजाल र सचिब वसन्त पौडेल ले प्रशिक्षण मन्तब्य राख्नु भएको थियो । नगर कोषाध्यक्ष झबिन्द्र आचार्य को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम को संचालन नगर सचिब लेखराज आचार्य ले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्