दोश्रो चरणमा निर्वाचन भएका सबै स्थानीय तहको परिणाम सार्वजनिक



असार २७


दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचनको सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । गएराती धरान उप महानगरपालिकाको अन्तिम परिणाम घोषणा भएसँगै सबै स्थानीय तहको मतपरिणाम आएको हो । देशका १, ५ र ७ नम्बर प्रदेशअन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन भएको थियो । मतपरिणाम अनुसार, नेकपा एमाले १५१, नेपाली काँग्रेस १२२, नेकपा (माओवादी केन्द्र) ३८, संघीय समाजवादी फोरम आठ, लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुख पदमा विजयी भएका छन् । तीनजना स्वतन्त्र उम्मेदवार पनि प्रमुख पदमा विजयी भएका आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनको परिणाममध्ये प्रमुख÷अध्यक्षमा पदमा एमालेले सबैभन्दा धेरै अर्थात् ४५ प्रतिशत पदमा विजयी हाँसिल गरेको छ भने काँग्रेसले ३६.६ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् । उपप्रमुख एवम् उपाध्यक्षमा एमालेका १७५, काँग्रेसका १०४, माओवादी केन्द्रका ३८, संघीय समाजवादी फोरम नेपालका सात, नेपाल लोकतान्त्रिक फोरमका ६, राष्ट्रिय जनमोर्चाका दुई, राप्रपाका दुईजना उम्मेदवार विजयी भएका आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो । दोस्रो चरणअन्तर्गत ३ सय ३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन भएको छ । यस निर्वाचनमा ४७ लाख ४० हजार ५ सय २२ मत खसेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्