पुष्पलालको ४० स्मृति दिवस – सर्वहाराको पक्षमा आवाज उठाउँन पूर्व मन्त्री शर्माको आग्रह



 

दाङ ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका सस्थापक पुष्पलाल श्रेष्ठको ४० औ स्मृति दिवस दाङमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी दाङले घोराहीमा भएक कार्यक्रमको आयोजना गरी पुष्पलालको ४० औ स्मृति दिवस मनाएको हो ।

 

स्मृति सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पाटीकी केन्द्रिय सदस्य रेखा शर्माले नेकपाका सस्थापक पुष्पलाल श्रेष्ठ इमान्दार, दुरदर्शि र ऐतिहासिक व्यक्तित्व भएको वताउँनुभयो ।पुष्पलाल हिडेको बाटो सर्वहाराको आवाज उठाउन भएको वताउँदै उक्तबाटो बाट कम्युनिष्टहरु विचलन हुन नहुने वताउँनुभयो ।कार्यक्रममा बोल्दै नेकपाकी केन्द्रिय सदस्य एवम सचेतक शान्ता चौधरीले पुष्पलालले स्थापना गरे देखि फुटदै आएको कम्युनिष्ठ पाटी अहिले एक भएर श्रेष्ठको दिशातिर अगसर भएको वताउँनुभयो ।

कार्यक्रममा ५ नं. प्रदेश सभासदस्य उत्तरकुमार वली, दामाकुमारी शर्मा,नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य नेता निर्मल आचार्य, शोभाराम शर्मा, छविलाल वली, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बोल्नु भएको थियो ।नेकपाका नेता टीकाराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण प्रतिनिधीसभा सदस्य हिराचन्द्र केसीले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्