आजको राशिफल



वि.सं.२०७५ साल साउन ०८ गते । मंगलबार । ईश्वी सन् २०१८ जुलाई २४ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । आषाड शुक्ल पक्ष । तिथि दुवादशी ३४ घडी ४७ पला,बेलुकी ०७ बजेर १८ मिनेट उप्रान्त त्रयोदशी ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ । साझपख समयमा सुधार आउने हुनाले धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । धर्म सस्कृति तथा अध्यात्मतिर ध्यान जानेछ । शुभ अंक — १,७ शुभ दिशा — पुर्व, शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यावसायिक क्षेत्रमा गरिएको लगानि बाट भनेजस्तो आम्दानि हुँने हुँदा मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउँने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउँन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । साझपख समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । शुभ अंक — २,५ शुभ दिशा — दक्षिण, शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययन तथा अध्यापनमा सफलता हात लाग्ने हुँनाले घर परिवार तथा आफन्त जनहरु खुसि हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । पुराना लेनदेन तथा पुराना अल्झिएर बसेका कामहरु फत्ते गर्न सकिनेछ । आफन्त तथा मावलीपक्षसँग मिलेर गरिने कुनैपनि कामहरु स्वत स्फुर्त रुपमा अगाढि बढ्नेछन् । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् । साझपख लामो दुरिको रमाईलो यात्राको तय गर्न सकिनछ । शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम ,शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुँने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् ।शुभ अंक —४,७ शुभ दिशा — दक्षिण
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानि गरे पति चाहेजस्तो उपलब्धि हासिल गर्न सकिने छैन भने घर जग्गा तथा सवारि साधनको कारोबारबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । आम्दानिका स्रोतहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुँने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुँनाले मन खिन्न हुनेछ । शुभ अंक — ५,९ शुभ दिशा — पश्चिम,शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ । शाहष तथा पराक्रममा बृद्धि हुने हुनाले खेलकुद तथा यस्तै क्षेत्रमा प्रगति गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ ।शुभ अंक — ३,९ शुभ दिशा — उत्तर, शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ । शुभ अंक — ३,८ शुभ दिशा — पश्चिम,शुभ रंग —प्याजी कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्तजन तथा परिवारका सदस्यहरुको भेटघाटले दिन रमाईलोका साथ बिताउँन सकिनेछ । खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । नयाँ मानिसको आगमनले मनमा उत्साह जाग्नेछ । माया प्रेमको सम्बन्ध झन मजभुत हुँदै जाने योग रहेकोछ । व्यापारमा थोरै समय दिएपनि प्रशस्त आम्दानि हुँने हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ । शुभ अंक — २,९ शुभ दिशा — उत्तर, शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । साझपखको समय राम्रो रहेकोले सहयोगीहरुले साथ दिनेछन् भने लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने योग रहेकोछ । शुभ अंक —३,६ शुभ दिशा — पुर्व, शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसाय फस्टाएर जानेछ भने प्रयत्न गर्दा पुराना बाकि रहेको रुपैया पैसा उठ्नेछ । एक साथ अनेक काम गरि आम्दानि बढाउँन सकिनेछ । दाजुभाईको सहयोगले उत्पादनमुखि कामहरु गर्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रबाट आयस्रोतमा बृद्धि हुनेछ । सानो लगानि गरि काटिने चिठ्ठाबाट नसोचेका धन प्राप्त हुँने योग रहेकोछ । घरायसि स्रोत साधनको परिचालन गर्न सकिने तथा त्यस्ता साधनको य्रयोेग गर्दा भबिष्यमा आम्दानि बढ्नेछ । पढाई लेखाईमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । साझपख लामो दुरिको यात्राको तय गर्न सकिनेछ । शुभ अंक — २,६ शुभ दिशा — उत्तर
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) फरक शैलि अपनाएर गरिने कुनै पनि व्यापार व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतिको प्रसस्त सम्भावना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएका काम गर्दा सफलता चुम्न सकिनेछ । अध्ययन अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अग्र नतिजा हात पार्न सकिनेछ भने प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट सहयोग हुनेछ भने पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन सम्पति कमाउँन सकिनेछ ।शुभ अंक — २,७ शुभ दिशा — पुर्व, शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिष्पर्धिहरुलाई सजिलै आफ्नो पक्षमा पार्न सकिने तथा उपलब्धि हासिल गर्न सकिनेछ । समाजमा जनतासँग सँगै रहेर गरिने कामहरु समयमा सम्पादन हुँदा मान सम्मान प्राप्त हुनेछ । व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।शुभ अंक —१,४ शुभ दिशा — दक्षिणशुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्