तुलसीपुरका व्यापारी श्रेष्ठको हत्या आरोपिहरु पक्राउ



मृतक राजकुमार श्रेष्ठ

असार २७,दाङ । तुलसीपुरका ब्यापारी राजकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेर फरार भनिएका अभियुक्तहरु पक्राउ परेका छन् ।

हत्यामा संलग्न भनिएकी पुजा श्रेष्ठ

श्रेष्ठ हत्याको आरोपितहरु पुजा घर्तिमगर, मान बहादुर भण्डारी, निर्मल भन्ने टीका राम घर्ति भारतको हिमाञ्चल बाट पक्राउ परेको दाङ प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।

 

श्रेष्ठसँगै वेपत्ता भएका भनिएका रणबहादुर घर्ति मगरको अवस्था बारे भने प्रहरी केहि बोलेको छैन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्