दोहोरो करको मारमा व्यवसायी, गढवाले लिन थाल्यो दोहोरो कर,



बिष्णकुुमार देवकोटा/सागर थापा

दाङ श्रावण ९

दोहोरो करको मारमा व्यवसायी, गढवाले लिन थाल्यो दोहोरो कर

दोहोरो कर लिन पाइदैन– श्रीधर पौडेल जि.स.स. उपसभापति

स्थानीय सरकाचर संचालन ऐन, २०७४ को आडमा गढवा गाँऊपालिकाले प्राकृतिक एवं खानिजन्य बस्तुहरुको निकासीमा दोहोरो कर उठाउन सुरुगरेको गढवा गाँउपालिकाको उपप्रमुख शान्ति चौधरीले जानकारी दिनुभएको छ ।

पालिकाको मिति २०७५/०४/०३ गते बसेको बैठकले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ घ (६) बमोजिम नदि तथा खानि जन्य बस्तुहरुको निकासीमा प्रति क्यूव फुट रु २ कादरले मुल्य अभिबृद्धिकर १३ प्रतिसत समेत जोडेर निकासीकर लिन थालेको गाउपालिकाका निमित्त प्रशासकिय अधिकृत नेव बहादुर वलिले जानकारी दिनुभयो । जबकि एस अघि जिल्ला समन्वय समितिले खानि बाट उत्खनन् गर्दा र जिल्ला बाहिर निकासी गर्दा मात्र निकासी जन्य कर लगाउँदै आएको थियो । यस बिषयमा गढवा गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष प्रकाश भण्डारीलाइ टेलिफोनमाम संपर्क गर्दा आफु  काठमाण्डौमा गएका बेला निर्णय गरिएको आफु यस बिषयमा बेखबर रहेको प्रतिकृया दिनुभयो । यस बिषयमा जिल्ला समन्वय समितिका उपसभापति श्रधिर पौडेल संग बुझ्दा कुनै पनि हालतमा दोहोरो कर लिन नपाइने बताउनुभयो । “ स्टक मालको स्टक प्रमाणित गराउनु पर्दछ तर कुनै पनि हिसाबले एउटै बस्तुमा दोहोरो कर लगाउनुहुँदैन” पौडेलले भन्नु भयो । यता व्यवसायीहरुले भने यसरी एकै बस्तुमा दोहोरो कर लगाउदा उपभोक्ताहरु सिधै मर्कामा पर्ने बताएका छन् । खानिमा पुग्दा कर, संकलन गरी निकासी गर्दा कर अन्तःमुल्य बृद्धिहुने त उपभोक्तालाइनै हो । गढवा गाँउपालिकाले वडाहरुमा अर्को व्यवस्था नहुदा सम्मलाई अधिकार प्रत्यायोजनगरी वडाहरुबाटै निकासी कर लिने निर्णय गरेको छ । यता जिल्ला समन्वय समितिले भने क्रसर एदोगी, बालुवा प्रसोधन उद्योगी तथा ढुङ्गा व्यवसायीहरुले स्टक प्रमाणित गराई दोहोरो क तिुर्ननपर्ने बताएको छ । “यस बिषयमा हामि सर्कुलर जारी गर्छो” उपाध्यक्ष पौडेलले भन्नुभयो । निकासीकर गढवाको कालाकाँटे, वडा नं १,५र ८ तथा गाडि प्रबेस कर कोइलाबास मा लिन सुरुगरिएको गढवा गाँउपालिकााकले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्