निर्वाचन आयोगले खर्च विवरण बुझाउन निर्देशन



२८ असार 


निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आफुले गरेको खर्चको विवरण बुझाउन राजनीतिक दल र तिनका उम्मेदवारलाई निर्देशन दिएको छ ।

सूचना निकाल्दै आयोगले परिणाम सार्वजनिक भएको ३० दिनभित्र निर्वाचन अवधिमा भएको खर्च विवरण उपलब्ध गराउन भनेको हो । यस्तो विवरण जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा बुझाउन सकिने आयोगले जनाएको छ ।

निर्वाचनमा गाउँसभा र नगरसभामा निर्वाचित सदस्यले जिल्ला सम्वन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदका उम्मेदवार हुनुभन्दा अगावै खर्च विवरण बुझाउन आयोगले सुचित गरेको हो ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ ९४० को उपदफा २ मा निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिन भित्र खर्च विवरण आयोगमा बुझाउनु पर्ने व्यवस्था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्