सडकबाट बस खस्दा ३३ जनाको मृत्यु



सैघाली खबर, १३ साउन ।

विश्वविद्यालयमा कार्यरत् कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । महाराष्ट्र राज्यको राइगढ जिल्लामा भएको उक्त सडक दुर्घटनामा बसमा यात्रारत् एकजनामात्र जीवित रहेको जानकारी प्राप्त भएको छ ।

दुर्घटनाग्रस्त बसले दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई लिइ प्रसिद्ध पहाडी वनभोजस्थल महावालेश्वर गएको घटनामा बाँच्न सफल एक कर्मचारीले स्थानीय प्रशासनलाई बताएका राइगढ जिल्ला प्रशासन कार्यालयका विजय सुर्यवंशीले एएफपीलाई बताए । भारतीय राष्ट्रिय विपद् व्यवस्थापन बलका कमान्डर अनुपम श्रीवास्तवले एएफपीसँग भने–‘बसमा यात्रारत् ३३ जनाको मृत्यु भएको छ भने एकजनाले सकुशल रहेको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनास्थल विकट पहाडी क्षेत्रमा भएको र दुर्घटनामा बाँच्न सफल एक यात्रीले दुर्घटनाबारे जानकारी गराएको उनले बताए । भारतको पहाडी क्षेत्रमा रहेको कमजोर सडक संरचना, चालकहरूको लापरबाही र पूराना गाडीहरूका कारण देशभर हरेक वर्ष एक लाख ५० हजार यात्रीले ज्यान गुमाउने गर्छन् । यसै महिनाको सुरुमा पनि भारतको उत्तरी क्षेत्रमा भएको सडक दुर्घटनामा ४८ जनाको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्