प्रधानन्यायाधीशबारे संसदीय समितिमा अलमल, विशेष समितिको बैठक भोलिलाई



सैघाली खबर, १३ साउन ।

प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाई विशेष समितिको बैठक भोलिलाई सरेको छ । बैठक विहान ८ बजे बोलाइएको थियो । तर, सोमबार दिउँसो २ बजेका लागि सरेको लक्ष्मणलाल कर्णले जानकारी दिए ।

जोशीको सुनुवाई सकिएको चार दिन भइसक्यो । विगतमा सुनुवाई लगतै निर्णय सुनाउने गरिएको भएपनि यो पटक लगातार दुई वटा बैठक स्थगित हुनुले शंका उब्जिएको छ । सुनुवाइकै क्रममा कामु प्रधानन्यायाधीश समेत रहेका जोशीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठेको छ ।

स्रोतका अनुसार सत्तारुढ दल नेकपाले जोशीको नाम अनुमोदन गर्ने-नगर्ने कुनै संकेत आफ्ना सांसदहरुलाई दिएको छैन । ‘अनुमोदन गर्ने हो भने हामी प्रमाणपत्र खोजविनतिर लाग्दैनौं । होइन भने खोज्छौं,’ सुनुवाई समितिमा रहेका नेकपाका एक सांसदले भने, ‘पार्टी नेतृत्वले कुनै सिग्नल नदिँदा बैठक राख्न सकिएन ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्