असुरक्षित छोरी



समिक्षा गाहा,
दाङ , १४ श्रावण ।भनिन्छ छोरीको जात एउटा सेतो कपडा जस्तै हो जव सेतो कपडामा दाँग लागे पछि मेट्न जति अजिलो हुन्छ छोरीको कर्म पनि उस्तै ।त्यसैले छोरीले हरसम्भब आफुलाई बचाइ रहेका हुन्छन। जन्मे देखिनै विभेदको शिकार बन्दै आएका उनिहरु विभेदकै कारण आफ्नो कुन बेला ज्यान लिने थाहै हुदैन ।

छोरी जन्मे पछि नाक खुम्चाउँने हाम्रो समाज नाक खुम्चाउनेहरु पनि छन, हामी जति नै आधुनिक हौ भनेता पनि हाम्रो सोच अझै पनि आधुनिक बनिसकेको छैन।हाम्रो समाजमा एउटा मात्रै छोरा भएपछि हासी खसुी भएको देख्न सक्छौ तर एउटी मात्र छोरी भाको घरमा एृउटा छोराको आबश्यकता परेकै हुन्छ।गर्भ बाटै सर्घषका बाटा तय गरीकी छोरी धर्तीमा उस्को दुख कष्ठ शुरु हुन्छ,कोपीला बाट नै उ भमराले लक्षित गरेको हुन्छ।जस्को फलस्वरुप दिनानु दिन बलत्कारका घटनाले मिडीयामा लस्करो लाईरहेको हामी सुन्न अनि देख्न पाउछौ,उनीहरुको समाचार अनि ति फोटाहरु देख्दा मन भक्कानीएर कापेर आउछ अनि सोच्न बाध्य बनाउछ।कठै हामी छोरीको जिबन आखिर के नै छर नत गर्र्भमा सुरक्षित छिन छोरी नत धर्तीमा नै ।

दिनानु दिन बलत्कारका घटना भइरहेका छन खै किन मौन छ यो कानुन,मान्छेलाई कुन मनोदशाले यस्तो कुकर्म गर्न उक्साइरहेको हुन्छ , यस्तो कुकर्मले के कारण लगातार छुट पाइरहेको छ।बलत्कार जस्तो कुर्कम गर्दा मानबको जन्म लिएर दानबको रुप लिएको त्यो दानबले किन सोच्दैन कि त्यो ठाउँमा आफ्नै परिवारका खेल्दै गरेका छोरीको अनुहार सम्झौं त।

 

कहालिँदै गरेकी आमामा आफ्नै आमाको अनुहार खोजौं त। के हामी चुप बस्न सक्छौं हरेक पटक यस्ता घटना भएपछि एउटा स्वर नबिराई सुनिन्छ–देशमा बलात्कारजस्तो जघन्य अपराधलाई पनि देखे पनि नदेखे जस्तो गरी तर्कने हे बुद्धिजीवी र वरिष्ठ लेखकज्युहरू, बलात्कार गरिँदै, मारिँदै, बारीका पाटामा फालिँदै आखिर कहिले सम्म त, कहिले सुन्ने हौ त्यो छोरीको चितकार बाट निस्केको आवज,पल पल मरेर पनि बाचीरहेका ती छोरीहरको पिडा बेदना ,छोरीको चरीत्र माथी औला उठाउने यो समाज खोइ छोरीको पिडी चित्कार बुझेको जहिले छोरीको मात्र दोषी ठहराउने समाज खोई तिम्रा चेलीलाई बलत्कार गरी मर्नु न बाच्नुको दोसाधमा पुर्याउने त्यो दानबको वकालत गरेको ।

 

आखीर कहिले सम्म छोरी लुकेर छिपेर हिड्नु पर्नै त आफ्नै समाजमा पनि छोरीका अनेकौ चाहाना रहर त्यसै सगै समाजको डरले खुल्न नपाउनुको बाध्यता ।मान्छेको जीवनभन्दा महत्वपुर्ण अर्को केुनै चिज छैन होला उ स्वतन्त्र भएर बाच्न पाउनु पर्र्न हक अधिकार किताब मा मात्र छ। छोरीलाई चाही भन्ने गर्छौ कि कहिल्यै घर को इज्जत नफाल भनेर, छोरालाई किन भन्दैनउ की कसैको घरको इज्जत सँग नखेल भनेर खुलेआम अरुको इज्जत सगं खेल्ने मान्छेलाई चाही के भन्ने त हर कुरामा समाज छोरीको मात्र दोष दिन्छ जसको फलस्वरुप मानीसहरु आपराधिक कुयाकलापमा अग्रसर हुन हुनहिचकिचाउदैन। जसरी केहि गल्ती हुदा छोरीलाई औला ठड्याएर भन्न सक्छौ हो त्यस्तै छोरा मान्छेलाई पनि भन्न सक्यौ भने केहि हद सम्म भए पनि आपराधिक कृयाकलापमा कमि पनि हुने थियो कि।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्