युवा गायक राजेश को तीज गीत बजारमा



युवा गायक राजेश वर्देवाको प्रदेशीको भावना समेटिएको तीज गीत बजारमा


काठमाडौ । आधुनिकता शैलिमा क्षणिक मनोरञ्जन आभास हुने गीत बजारमा आइरहेको बेला प्रेदेशियका नेपालीले  बिदेशमा भोगेको कथा-व्यथालाई समेटेर युबा गायक राजेश बर्देवाले यतिबेला “सबै प्रदेशमा ” बोलको गीतको म्युजिक भिडियो  बजारमा ल्याएका छन् ।

चाडपर्वको  बेला श्रीमान बिदेशमा हुँदा  श्रीमतीसंग खुशी साट्दै गीत गाउदैं नाच्न नपाएको पिडालाई गीतले उजागर गरेको छ।श्रीमतिले घरमा मेलापात गरि घाँस दाउरा काटदै श्रीमानको साथमा बिताएको पल सम्झिदै एक्लोपनाको चित्रण गरेकी छन।

यो गीतको म्युजिक भिडियोमा फोन सम्वादमार्फत आफ्ना मार्मिक दुखका वेदनहरुलाई श्रीमानसामु व्यक्त गरेको देखाईएको छ । गीतमा  स्वर राजेश बर्देवा र सरिता प्रजापतिको रहेको छ भने शब्द रचना,सङ्गीत पनि स्वयंम गायक बर्देवाले नै गरेका छन। विशाल बैरागिको निर्देशनमा तयार पारिएको यस एल्बमलाई स्पस्ट खबर मिडियाले बजार व्यवस्थापन गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्