विप्लपले भने ओली सरकारले सारै दुख दियो अब चुप लागेर बस्दैनौ



नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारले आफ्ना पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई दुख दिएको भन्दै विरोध जनाएका छन् ।

मंगलबार विज्ञप्ति जारी गरी उनले अहिलेको सरकारले नेता कार्यकर्तालाई निरन्तर धरपकड गर्ने, वेपत्ता पार्ने, झुट्टा मुद्दा लगाउने, घरघरमा पुर्जी टाँस्ने गरेको भन्दै विरोध जनाएको हो ।

आफ्नो पार्टीका पोलिट्ब्युरो सदस्यहरु पदम राई र ओम पुनसहित दर्जनौं नेता कार्यकर्तालाई झुटा मुद्दामा जेलमा राखिएको पनि विप्लवले उल्लेख गरेका छन् ।

साउन १० गते विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्यहरु कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ लाई नागढुङ्गाबाट पक्राउ गरी तीन दिन वेपत्ता पारेको पनि विप्लवले उल्लेख गरेका छन् ।

विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा सेललाई आफैले परिचालन गर्ने गरी तयार पारेको केन्द्रीय जाँच व्युरोमार्फत राजनीतिक प्रतिशोध साध्ने र सरकारको विरोध गर्नेलाई ठीक पार्ने कोशिस गरिएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले सरकारले संविधान विपरीत र विगतको सशस्त्र द्वन्द्वमा जस्तै आफ्ना नेता कार्यकर्तालाई दुख दिन थालेको पनि जनाएका छन् ।

पक्राउ परेका आफ्ना पार्टीका नेता–कार्यकर्तालाई बिना सर्त रिहा गर्न माग गर्दै विप्लवले अन्यथा पार्टी सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन् ।  विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘केपी ओली र प्रचण्डको संयुक्त सरकार निर्माणदेखि नै हाम्रो पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूमाथि निरन्तर धरपकड गर्ने, बेपत्ता पार्ने, झूट्टा मुद्दा लगाउने, घरघरमा पुर्जी टाँस्ने गरेर उनीहरूले संविधानमा व्यवस्था गरिएको प्रावधानलाई समेत कुल्चिरहेका छन् । अहिले पनि हाम्रो पार्टीका पोलिटब्युरो सदस्यद्वय पदम राई र ओम पुनलाई यो सरकारले झूट्टा मुद्दा लगाएर महिनौँ दिनदेखि जेलमा सडाएको छ । यसैगरी दर्जनौँ नेता र कार्यकर्ताले झूट्टा मुद्दा खेपिरहेका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्