सैघाली खबर प्रभाब–सहयोगी हात पाउँदै रबिना



काठमाण्डौ १६ श्रावण । काठमाण्डौँ किर्तीपुर निवासी राजेश श्रेष्ठ र उहाकी धर्म धर्मपत्नी शर्मिला श्रेष्ठ श्रीमान बाट पिडित रबिना बादीलाई सहयोग प्रदान गर्नु भएको छ ।रबिनाको छोरा सत्यमको उपचारको लागि भन्दै सहयोग रकम प्रदान गर्नु भएको हो ।सैघाली खबर र सैघाली अनलाईन टिभीमा समाचार प्रकाशित भएपछि उहाँले रबिनालाई सहयोग प्रदान गरिएको थियो ।सामाखुशी स्थित मानव सेवा आश्रममा पुगेर श्रेष्ठ दम्पतीलाई सहयोग हस्तान्तर गर्नु भएका थियो ।श्रेष्ठ दम्पतीले रबिनालाई पाँच हजार बिस रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।

मानवसेवा आश्रमका सन्तोषी थापा मगरको अध्यक्षता तथा समाजसेवी राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै समाजसेवी श्रेष्ठले आफ्नो सानो सहयोगले कसैको जीवनमा सहयोग होस भन्ने उदेश्यका साथ सहयोग प्रदान गरेको वताउँनुभयो ।रविना बिगत १९ दिनदेखि मानव सेवा आश्रममा बस्दै आएकि छिन् ।

(भिडियो हेर्न यहाँ क्लीक गर्नु होस्)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्