मृतकका परिवारलाई राहत



 

दाङ, १६ श्रावण । पानीमा डुबेर मृत्यु भएकी घोराही १८ गिठेपानी निवासी कुसुम गौतमको परिवारलाई राहत प्रदान गरेको छ ।घोराही उपमहानगरपालिकाले पाँच हजार रुपैया राहत स्वरुप उपलब्ध गराएको हो ।

 

उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक एवं घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीले मंगलवार पिडित परीवारको घरमै पुगी राहत उपलव्ध गराउँनु भएको हो ।घोराही उपमहानगर कार्यपालिकाको बैठकले दैवी विपत्तमा परेकालाई पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्