जिम्बावेको राष्ट्रपतिमा मांगाग्वा निर्वाचित



दक्षिण अफ्रिकी देश  जिम्बावेको नयाँ राष्ट्रपतिमा इमर्सन मांगाग्वा निर्वाचित भएका छन्।

जिम्बावेको निर्वाचन आयोग सोमबार भएको निर्वाचनमा जानु पिएफ पार्टीका उम्मेदवार ७५ वर्षिय मांगाग्वा ५०.८ प्रतिशत मत ल्याएर विजयी भएको जनाएको छ। उनका प्रतिष्पर्धी मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज एलाइन्स (एमडिसिए) का उम्मेदवार ४० वर्षिय  नेल्सन चामिसाले ४४.३ प्रतिशत मत पाएका छन्।

राष्ट्रपति निर्वाचित भएपछि मांगाग्वाले नयाँ सुरूआत गर्ने बताएका छन्।

यद्यपी एमडिसीले मतगणनामा धाँधली भएको भन्दै नतिजा अस्वीकार गरेको छ।

मतदान शान्तिपूर्ण भए पनि मतगणनाका क्रममा जिम्बावेका हिंसा भड्किएको छ। विशेष गरी राजधानी हरारेका सडकमा एमडिसीएका कार्यकर्ताले मतगणनामा धाँधली भएको भन्दै प्रदर्शन गरेका छन्। प्रदर्शन नियन्त्रण गर्न सेना परिचालन गरिएको छ। झडपमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको बताइएको छ।

सन् १९८०मा ब्रिट्रिस उपनिवेशबाट स्वतन्त्र भएको जिम्बावेमा पहिलो पटक पूर्वराष्ट्रपति रोबर्ट मुगावेबिना चुनाव भएको हो। ३७ वर्ष जिम्बावेमा शासन गरेका मुगावेले गत वर्ष सैनिक कूपछि राजीनामा दिएका थिए। त्यसपछि मांगाग्वा राष्ट्रपति बनेका थिए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्