इनारमा डुबेर शुक्रबार काठमाडौं तीन जनाको मृत्यु



काठमाडौं, १७ श्रावण । इनारमा डुबेर शुक्रबार काठमाडौं तीन जनाको मृत्यु भएको छ।

महानगरपालिका–२६ कपुरधारास्थित ७० बर्षीय मेघबर्ण गौतमको घरको इनार सफा गर्ने क्रममा मेघबर्ण र दुई कामदारको मृत्यु भएको हो।

इनार सफा गर्ने क्रममा शुरुमा ३६ बर्षीय भारत हाजिरपुरका अशोक कुमार गएका थिए। उनी बेहोस भएपनि कैलाली टिकापुर नगरपालिका–८ का २३ बर्षीय रमेश चौधरी डुबेर अशक्त भएका थिए।
दुवै जना बेहोस भएपछि घरधनी घेमबर्ण समेत इनारभित्र छिरेका थिए। उद्धार गरेर तीनै जनालाई अस्पताल लगिएकोमा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गौतम केसीले बताए।

इनारभित्र अक्सिनको कमी हुँदा उनीहरु बेहोस भउको डिएसपी केसीले बताए। सूचना पाएलगत्तै प्रहरी उद्धारमा खटिएको थियो। डिएसपी गौतम आफै इनारमा छिरेर उद्धार गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्