घोराही – १४ को बार्षिक समिक्षा – संचालित योजना प्रभावकारी भएको सर्वसाधारणको भनाई



दाङ, १८ । घोराही उप–महानगरपालिका वडा नं.१४ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बार्षिक समिक्षा कार्यक्रमा बोल्ने वक्ताहरु वडामा संचालित योजना प्रभावकारी रुपमा सम्पन भएको वताएका थिए । स्थानीय निकायमा जनप्रतिनिधी आएपछि स्थानीय स्तरको विकासमा सहज भएको वताएका थिए । त्यस असबसरमा बोल्दै नेपाल कम्युनिष्ट पाटीका नेता कृतिमान पुनले वडा ले स्थानीय स्तरको बिकासमा समानुपातिक वितरणका आधारमा गरेको वताउँनुभयो । रहेक जातजाती बर्ग समुदाय लिङ्गको पहिचान गरि समानुपातिका आधारमा स्थानीय स्तरको विकास गरेको पुनले वताउँनुभयो । समिक्षा कार्यक्रममा बोल्दै जेष्ठ नागरिक चित्रकान्त अधिकारीले वडाका तर्फबाट जेष्ठ नागरिकको पक्षमा प्रभावकारी काम भएको वताउँनुभयो ।

जेष्ठ नागरिकको दिवा मिलन जस्ताप्रभावकारी काम गरेको वताउँदै जेष्ठ नागरिकले वडा बाट सहज रुपमा सेवा प्राप्त गरेको वताउँनुभयो । कार्यक्रममा बोल्दै घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले स्थानीय स्तरको आबश्यकताको पहिचान गरी समानुपतिक विकासको अवधारण उम–महानगरपालिकाले अगाडी सारेको वताउँनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मेयर चौधरीले भदौ देखि नै विकास निर्माणको कामले गति लिने वताउँनुभयो ।

त्यस अबसरमा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले वडाको विकास गर्न निरन्तर लागेको वताउँनुभयो । आर्थिक बर्ष २०७४ / ०७५ मा संचालित योजनाको मुल्याङकनको आधारमा अगाडी बढ्ने वताउँनुभयो । कार्यक्रममा वडा नं. १४ का सदस्य नैना चौधरी, उद्योग वाणिज्य संघका प्रदेश नं. ५ का उपाध्यक्ष हेमराज बञ्जाडे, जलजला सहकारी संस्थाका दिलकुमारी बुढा, स्थानीय लालबहादुर चौधरी, अनिल सेर्पाली लगाएतले आ –आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


वातावरण तथा विपत्त व्यवस्थापन समिति गठन
घोराही उप–महानगरपालिका वडा नं.१४ मा वडा स्तरिय वातावरण तथा विपत्त व्यवस्थापन समिति गठन गरिएको छ । वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा राजनितिक दलका तर्फबाट देवीराम न्यौपाने, सहकारीको तर्फबाट जलजला कृषी सहकारी संस्थाका कृतिमान पुन,खोलीगाउँ टोल विकास संस्थाको तर्फबाट रचना कुमाल, युवाको तर्फबाट अजित मन्सुरी, जेष्ठ नागरिक चित्रकान्त आचार्य, झिगौरा टोल विकास संस्थाका तर्फबाट लालबहादुर चौधरी,गोर्खाटोल विकास संस्थाबाट ईन्द्रमणी घिमिरे, स्वास्थ्यका तर्फबाट लक्ष्मी ढकाल, टेकबहादुर वली, विद्यालयका तर्फबाट तारा भुषाल, पत्रकारका तर्फबाट अम्मरराज आचार्य, शुरक्षाको तर्फबाट पनि सदस्यमा राखिएको वडा वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्