किन तोडे अरब देशले कतारसितको सम्बन्ध



साउदी अरब र संयुक्त अरब इमिरेटस्सहित ६ देशले कतारसितको सम्बन्ध विच्छेद गरेका छन् । यो सम्बन्ध टुट्नुमा क्षेत्रीय तथा ऐतिहासिक कारण जिम्मेवार छन् ।

मुस्लिम ब्रदरहुडको समर्थन गरेको आरोप
मध्यपूर्वी एसियामा कथित अरब क्रान्तिका क्रममा कतारमाथि इजिप्टका पूर्वइस्लामिक राष्ट्रपतिलाई समर्थन गरेको आरोप लागिरह्यो । साउदी अरब र संयुक्त अब इमिरेटस्ले मुस्लिम ब्रदरहुडलाई ‘आतकंकारी संगठन’ मान्ने गर्छन् । तर, कतारले यस संगठनका सदस्यलाई आफ्ना विचार राख्ने प्लेटफर्म उपलब्ध गरायो । इजिप्टसँग कतारको सम्बन्धमा तनाब इजिप्टका राष्ट्रपति मोहम्मद मर्सीलाई अपदस्थ गरेपछि नै सुरु भयो । साउदी अरबको आधिकारिक प्रेस एजेन्सीले कतारमाथि मुस्लिम ब्रदरहुड, कथित इस्लामिक स्टेट र अलकायदालाई स्विकारेर खाडी क्षेत्रमा अस्थिरता पैदा गरेको आरोप लगाएको छ । यद्यपि कतारले यस्ता अरोपलाई आधारहीन बताएको छ ।

कतार इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मर्सीको बलियो समर्थक हो । साथै, उसलाई सिरियामा विद्रोही इस्लामिक समूहको समर्थक पनि मानिएको छ । मोहम्मद मर्सी हिज्बुल्लाका सदस्य थिए, जसलाई कैयौँ अरब देश चरमपन्थी संगठन मान्छन् । मार्च २०१४ मा पनि साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेटस्ले कतारमाथि आफ्नो आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको आरोप लगाउँदै आफ्ना राजदूतलाई फिर्ता बोलाएका थिए ।

साउदी अरबको आधिकारिक प्रेस एजेन्सीले कतारमाथि मुस्लिम ब्रदरहुड, कथित इस्लामिक स्टेट र अलकायदालाई स्विकारेर खाडी क्षेत्रमा अस्थिरता पैदा गरेको आरोप लगाएको छ

लिबियाली संकटसित पनि जोडिएको छ तार

लिबिया सन् २०११ मा मोहम्मद गद्दाफीलाई अपदस्थ गरेपछि संकटमा परेको छ । इजिप्टको समर्थन हासिल गरेका एक सैनिक अधिकारी खलिफा हफ्तारले कतारले ‘आतंककारी संगठन’लाई समर्थन गरेको आरोप लगाएका थिए ।

इरानको प्रशंसाबाट हैरानी ?
कतारी सेखका विवादास्पद टिप्पणीले कैयौँ संवेदनशील क्षेत्रीय मुद्दामाथि प्रहार गरेको थियो । तर, यसमा सबैभन्दा असन्तुष्टि साउदी अरबविरोधी इरानको प्रशंसा र साउदी अरबको निन्दासँग सम्बद्ध थियो ।
— रिपोर्टअनुसार सेख तमिमले भनेका थिए, इरानसित अरब देशको दुस्मनीको कुनै कारण छैन । र, इजरायलसित हाम्रो निकै राम्रो सम्बन्ध छ ।
— इरानको समर्थक लेबनान आधारित सिया
आन्दोलन हिज्बुल्लाह गुटको पक्षमा पनि टिप्पणी गरिएको थियो ।
— कतारको तर्फबाट यो टिप्पणी नक्कली भएको बताए पनि साउदी मिडियामा यसमाथि रिपोर्ट आइरहे ।

कतारी मिडियामाथि नियन्त्रणको प्रयास
कतारको तेल र ग्यासको मामिलामा समृद्धि र राजनीतिक मामिलामा अहम् स्थान हासिल गर्ने कार्यमा यसको न्युज वेबसाइट अल जजिराको ठूलो योगदान छ । कतारका छिमेकी देशका लागि यो चिन्ताको विषय बनेको छ । ऐतिहासिक रूपमा ६ देशले गल्फ को–अपरेसन काउन्सिलको नेतृत्व गरिरहेको साउदी अरबले कतार सरकारसित मिडियामाथि नियन्त्रण गर्नका लागि कैयौँ सम्झौता गरिसकेको छ ।

यसअघि इजिप्टले पनि पहिले कतारको न्युज वेबसाइट अल जजिरामाथि चरमपन्थ भड्काएको र भ्रामक समाचार बनाएको आरोप लगाएको थियो । अल जजिराको झुकाब इजिप्टका इस्लामिक शक्तितिर रहेको छ । र, इजिप्टका अपदस्थ पूर्वराष्ट्रपति मर्सीलाई हटाउने कार्यलाई उसले सत्तापलट बताउँदै आएको छ । इजिप्टमा अल जजिराका पत्रकारमाथि कारबाही पनि भइसकेको छ । अल जजिरा प्रशस्त लोकप्रिय छ, तर आलोचक यसलाई कतारको विदेश नीतिको एक औजार मान्ने गर्छन् ।

कतारको अर्थव्यवस्थामाथि पर्न सक्छ यस्तो प्रभाव
छिमेकी खाडी देशको हवाई क्षेत्र प्रतिबन्धित भएपछि कतार एयरवेजका लागि युरोप र अन्य देशको उडान कठिन भएको छ । जमिनको सीमाको नाममा कतार मात्र साउदी अरबसित जोडिएको छ । बोर्डर बन्द भएपछि कतारमा रहेका मानिसका लागि खानपिनका सामानको मूल्य बढ्नु स्वाभाविक छ ।

कतार सन् २०२२ मा वल्र्डकप फुटबल आयोजनाको तयारी गरिरहेको छ । यस्तोमा एक नयाँ बन्दरगाह, मेट्रो ट्रेन प्रोजेक्ट र आठ रंगशाला निर्माणको काम चलिरहेको छ । जमिनको बोर्डर बन्द भएपछि कतारलाई कच्चा पदार्थ प्राप्त हुने कार्यमा समस्या हुन्छ र यी सबै प्रोजेक्टमा ढिलाइ हुन सक्छ ।

कतारमा यस समय एक लाख ८० हजार इजिप्टका नागरिक छन्, जो इन्जिनियरिङ, मेडिसिन र कानुन जस्ता पेसासित जोडिएका छन् । यी नागरिकले कतार छाड्ने अवस्थामा कतारले निकै ठूलो संख्यामा आफ्ना दक्ष पेसाकर्मी गुमाउने अवस्था आउन सक्छ ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी) बिबिसी हिन्दी डटकमबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्