२८ महिनापछि साउदीको जेलबाट छुटे प्रेम, परिवारमा छायो खुशी



सुजता सुनुवार,

इलाम – लामो समयसम्म जेलमा रहँदा कसलाई पो पीडा हुँदैन र रु त्यो पनि परदेशमा । त्यही पीडापछिको खुशी बोकेर इलामका प्रेम बहादुर राई ९राजु० आइतबार नेपाल आउँदै हुनुहुन्छ । इलामको माई नगरपालिका वडा नम्बर ४ का राई दुई वर्ष चार महिना जेल जीवन बिताएर नेपाल आउने हुनु भएको हो ।

परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमार्फत कम्पनीले तोकेको बिगो रकम भुक्तान भएपछि राई आइतबार नेपाल फर्कर्ने हुनु भएको हो ।

प्रेम साउन २० गते ९५ अगष्ट० आइतबार बिहान साउदी अरबको समय अनुसार ६ बजे दिल्ली हुँदै ४ः१५ बजे काठमाडौं आइपुग्ने प्रेम बचाऊ अभियान मूल समितिले जानकारी दिएको छ ।

राईले चलाएको लरीले बोकेको केबल तार चोरी भएपछि त्यस बापतको क्षतिपूर्ति रकम ३ लाख १० हजार रियाल ९९५ लाख नेपाली रुपैयाँ० भुक्तान गर्न कम्पनीले माग गरेको थियो । पैसा बुझाउन नसक्दा कम्पनीले मुद्धा हालेपछि उहाँ साउदीको जेलमा कष्टकर जीवन बिताउन बाध्य हुनु भएको थियो ।

नेपाली राजदूतावासको समन्वयमा गठित ‘प्रेम बचाऊ अभियान’बाट संकलन भएको रकमबाटै बिगो रकम साउदी रियाल अनुसार १ लाख ५० हजार ९४३ लाख ३ हजार ५ सय ० रकम बुझाएपछि कम्पनीले जेल मुक्त गरी नेपाल पठाउने भएको ‘प्रेम बचाऊ अभियान मूल समिति’ की संयोजक अनिता राईले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘विभिन्न सामाजिक सञ्जालबाट अनुरोध गरी प्रेम बचाऊ अभियान समिति नै गठन गरी चलाएका थियौँ । देश, विदेशबाटै सहयोग रकम संकलन गरिएको थियो ।’ प्रेमको रिहाईपछि एक हप्ता भित्रमा छुट्टै प्रेस कन्फरेन्स गर्ने, प्रेम , मूल समिति र सञ्चारकर्मीबिच प्रेसमिट गरेर खर्च विवरण देखाउने राईले जानकारी दिनुभयो । बाँकी रकम के गर्ने भन्ने विषयमा समेत त्यही छलफल गरिने उहाँले बताउनुभयो ।

बिगो रकम नबुझाइ रिहाई नहुने भएपछि प्रेमको रिहाईको लागि २०७३ असारबाट नै पहल थालिएको थियो । प्रेम बचाऊ अभियान मूल समिति बनाएर १ वर्ष अघिबाट नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोलेर सहयोग रकम संकलन गर्न सुरु गरिएको थियो । सबैबाट साथ सहयोग जुटेपछि पारिवारिक पुनर्मिलन गराउन सफल भएको समिति संयोजक राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रेमलाई नेपालको त्रिभूवन विमानस्थलमा स्वागत गर्न मूल समिति काठमाडौंका सम्पूर्ण सदस्य, प्रेमकी श्रीमती, छोरा, छोरी र बुवा आमाको समेत उपस्थिति हुने गरी हामीले खबर गरीसकेका छौँ ।’

प्रेम कसरी परे साउदी जेलमा 
प्रेम सन् २०१२ जुन १२ तारिकका दिन क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी अरबको रियादस्थित अल सहलावी होल्डिङ कम्पनीको गाडी ९लरी० चालकको रुपमा साउदी जानु भएको थियो । सन् २०१५ सेप्टेम्बर ४ तारिखका दिन घर आइ पुनः २०१६ जनवरी १ तारिखका दिन उहाँ त्यही कम्पनीमा कामका लागि जानु भएको थियो ।

२०१६ मार्च ३१ तारिखका दिन लरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि प्रेमबहादुर गाडी पार्किङ स्थलमा रोकी साथीलाई भेट्न जानु भएको थियो । साथी भेटेर फर्कँदा पार्किङ गरेको ठाँउमा गाडी नभेटेपछि कम्पनीलाई जानकारी गराउनु भएको बताइएको छ ।

कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दाबीसहित अदालतमा मुद्धा हालेको थियो । अदालतले तोकेको २ महिना कैद र ५० कोर्राको सजाय भोगेर नेपाल आउने तयारी भइरहेको बेला कम्पनीले पासपोर्ट नदिइ पुनः मुद्धा हालेर ३ लाख १० हजार रियाल ९नेपाली ९५ लाख० क्षतिपूर्ति दाबी गरेको थियो । क्षतिपुर्ती बुझाउन नसक्दा उहाँ गएको २८ महिनादेखि साउदी प्रहरीको नियन्त्रणमा हुनुहुन्थ्यो ।

परिवारमा खुशी
प्रेमकी श्रीमती सरिता राई खोसिएको खुशी फेरि फर्किएको छ भन्नुहुन्छ, ‘म, बुवाआमा मात्र होइन छोरी राशिकाको समेत खुशी उचालिएको छ ।’ छोरो रिसिभले भने बुवालाई नचिन्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘प्रेम बचाऊ अभियान मूल समितिले बोलाएको छ । हामी शनिबार काठमाडौं जादैछौँ । सहयोगी मनका सम्पूर्णमा आभार प्रकट गर्छौँ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्