भाषा शुद्धिकरणको अभियानमा सर्वाेदय पुस्तकालय



दाङ, १९ साउन । जिल्लाकै पुरानो पुस्तकालयका रुपमा स्थापित सर्वाेदय पुस्तकालय तथा वाचनालय यतिबेला भाषा शुद्धिकारणको आभियानमा जुटेको छ । २०१० सालमा घोराहीमा स्थापना गरिएको यो पुस्तकालय भाषिक सुधारमा केन्द्रित बनेको छ । साहित्य,पत्रकारिता र राजनितिक क्षेत्रको भाषा सुधारका लागि पुस्तकालय केन्द्रित भएको हो ।

समाजलाई सही दृष्टिकोण दिएर अघि बढाउन सकियोस् मुख्य उदेश्य समेत यसले राखेको छ । बिस्तारै हराउँदै गएको पठन संस्कृतिलाई माथी उठाउँन यो अभियानमा जुटेको पुस्तकालयका अध्यक्ष सुशील गौतम बताउँनु हुन्छ ।  पुस्तकालयमा पढ्ने पुस्तकहरु प्रशस्त भएपनि पढ्नेहरुको संख्या भने निकै रहेको गौतम बताउनु हुन्छ । पहिलेको तुलनामा आफूमा समेत पढ्ने वानीमा धेरै कमि आएको स्वयं गौतम बताउनु हुन्छ । यसको कारण प्रष्ट्याउदै गौतम भन्नुहुन्छ– ‘मान्छेहरुमा अध्ययन गर्ने रुची घट्दै जानुमा किताव पढेर पनि के गर्ने भन्ने मानसिकताले काम गरेको छ’ । कम्युनिष्ट आन्दोलनको मूल्य,मान्यता र आर्दशमा स्खलन बढ्दै जानुको असर पनि पढ्न संस्कृतिमा परेको गौतमको भनाई छ ।

कुनै बेला साहित्य,राजनीति र दर्शनका किताव किन्न घोराहीका गुप्ता स्टेशनरी र प्रगति पुस्तक पसलमा लाइन लाग्ने मान्छेहरुको भिड् आजभोलि सुन्य जस्तै देखिनु र सर्वोदय पुस्तकालय, जेसिज भवन पुस्तकालय, राप्ती साहित्य परिषद अनि पत्रकार महासंघ जस्ता संस्थाहरुमा न पुस्तक पढ्नेहरु भेट्टिन्छन न अध्ययनका विषयबस्तु बारे छलफल गर्ने मान्छेनै ।

यसैबाट बुभ्न सकिन्छ कि अध्ययन बढाउने बौद्धिक तप्ताको संख्यामा निकै कमि आइरहेको छ । घरमै लाइव्रेरी राखेर किताव पढ्ने पुरानो पुस्ताको जमात केही संख्या भएपनि नयाँ त्यो संस्कृति नै बस्न सकेको छैन । यसबारे युवा पत्रकार भूपेन्द्र वली यसो भन्नुहुन्छ( ‘ आजको पुस्ता यति यान्त्रिक र व्यतिmवादी सोचले अघि बढिरहेको छ कि पैसा कमाउने सपना भन्दा बाहिर उसले अरु केही सोच्नै सक्दैन्’ । उत्तरआधुनिकतावादको प्रभाव यति बढ्दो छ कि मान्छे सतहमा भन्दा भित्र पस्नै चाहदैन् र स्वतः उसले गर्ने कार्यान्वयन र क्रियाकलापहरु सतहबाटै हुने गर्छन् । जसको प्रभाव समाजमा पर्छ ।

दृष्टिकोण, विचार,सोच, चिन्तन र सही र गलत छुट्याउन सक्ने चेतना निर्माणमा जुन हस आइरहेको छ, त्यो अध्ययनमा आइरहेको कमिले गर्दानै हो । यसबाट निर्माण हुने समाज भनेको अराजक अस्थिरता र विश्रृखलितता नै हो । अतः समाजका अगुवा, नेतृत्व वर्ग र बौद्धिक तप्कामा दृष्टिकोण निर्माणका लागि अध्ययन संस्कृतिलाई बढ्वा दिन आवश्यक छ र नयाँ पुस्तालाई पनि पुस्तक पढ्ने संस्कार सिकाउन आवश्यक छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्