डेढ बर्ष देखि मेसु बिहिन अञ्चल अस्पताल



 

दाङ १९ साउन ।राप्ती अञ्चल अस्पताल तुलसीपुर डेढ बर्ष देखि मेडिकल सुपरिटेन्डेन्ट बिहिन बनेको छ । अहिले निमित्त मेसुको भरमा अस्पताल सञ्चालन भईरहेको छ । पटक पटक दरबन्दीकै समस्या देखाउने अञ्चल अस्पलतालमा पछिल्लो एक बर्ष देखि भने प्रमुख बिहिन बन्दै आएको छ । आठजनाको दरबन्दीमा पाँचजना मात्र कार्यरत रहेको अबस्थामा तत्कालिन प्रमुख डा. भोलाराम श्रेष्ठको मन्त्रालयमा सरुवा भएपछि करिब डेढ वर्षदेखि निमिक्त प्रमुखको भरमा सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

निमित्तको पनि अधिकार मेसु सरह हुनेभएपनि चिकित्सकको कामपनि आफैले गर्नुपर्ने तथा प्रशासन पनि आफै हेर्नुपर्ने अबस्था रहदा सेवाव्रवाहमा समस्या हुँदै आएको छ । बिरामीलाई आबश्यकता अनुसार सेवा प्रदान गर्न समस्या हुँदै आएको छ । अस्पताल प्रशासनले दिएको जानकारीअनुसार २ जना करारसहित ८ जना मेडिकल अधिकृतको दरबन्दी हो । तर अहिले पाँच जनामात्रै कार्यरत छन् ।

दरबन्दी अनुसार चिकित्सक नहुँदा अस्पताल जस्तो सम्बेदनशील क्षेत्रमा निकै समस्या देखिएको प्रशासन अधिकृत निम बहादुर वलीले बताए । उनका अनुसार अस्पतालमा १३ जना विशेषज्ञ चिकित्सकहरुको दरबन्दी हो तर अहिले छाला रोग, रेडियोलोजिस्‍ट, एनएन थेसोलोजिष्ट र नाक कान घाँटी रोग विशषेज्ञ डाक्टरको पद पनि रिक्त रहेको छ । अस्पतालमा बालरोग, महिला विशेषज्ञ, फिजिसीयन, मेडिकल जनरलजिस्‍टका चिकित्सकहरु भने कार्यरत रहेको अस्पतालका प्रशासन अधिकृत निम बहादुर वलीले बताए ।

यस्तै हेल्थ असिस्टेन्टमा दुईजनाको दरबन्दी हो । त्यसमा एक जना मात्रै कार्यरत छन् । त्यस्तै ४ जना अनमीको दरबन्दीमा अहिले ३ जना मात्र, अहेबमा ४ जनाको दरबन्दी भए पनि अहिले ३ जना मात्र, स्टाफ नर्सहरुमा दरबन्दी अनुसारको पदपूर्ति नभएको प्रशासनले बताएको छ । सेवा थप हुदै जाने तर दरबन्दी अनुसार चिकित्सक नथप्दा समस्या हुने गरेको चिकित्सकहरुले बताएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्