घोराही सिमेन्टका महाप्रवन्धक, सञ्चालकसहीत जिम्मेवार अधिकारीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन



वर्दियाका प्रजिअ कुरुम्बाङ्गवाट आयो कडा निर्देशन पक्राउ गर्न वारेन्ट जारी गरेका छौ, प्रहरिलाई निर्देशन पनि दिइसकेको छु आफ्नो बचाउ गर्नलाई जथाभाबि नबोल्न र उपभोक्तालाइ भ्रममा नपार्न चेतावानि वर्दिया, साउन २० । घोराहीको गोग्लिस्थित घोराही सिमेन्ट उद्योगको उत्पादन गुणस्तरहीन भएको ठम्याउँदै बिक्री वितरण रोक्न दिइएको निर्देशनलाई अवज्ञा गरेपछि वर्दिया जिल्ला प्रशासनले उद्योगका जिम्मेवार अधिकारीहरुलाई तुरुन्त पक्राउ गर्न प्रहरीलाई कडा निर्देशन दिएको छ। वर्दिया जिल्ला प्रशासनको पत्रलाई उद्योगले आफ्नो विरुद्धमा हल्ला फीजाएको भनेर प्रतिक्रीया दिएपछि घोराही सिमेन्ट उद्योगको उत्पादन गुणस्तरहीन ठम्याएको प्रशासनले कडा कदम चाल्दै घोराही सिमेन्ट उद्योगका महाप्रवन्धक, उद्योग सञ्चालकसहीत जिम्मेवार अधिकारीलाई तुरुन्त पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय वर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले उद्योगले गम्भिर लापरवाही देखाइरहेको अवस्थामा आफ्नो उत्पादन गुणस्तरहीन भएको गुणस्तर विभागले लिखितरुपमा पत्र पठाउदा पनि जथाभावि प्रतिक्रीया दिएर उद्योगले उपभोक्ता हक अधिकारमाथि खेलवाड गरेकाले अनुसन्धानका लागि पक्राउ गर्न उद्योग सञ्चालकसहीत महाप्रवन्धक र जिम्मेवारी अधिकारीलाई निर्देशन दिइसकेको जानकारी दिए । बर्दियाका प्रमुख जिल्ला अधिकारि कुरुम्बाङ्गले भने( गुणस्तरहिन सिमेन्ट उत्पादन गर्ने घोराही सिमेन्ट उद्योगको महा प्रबन्धक, सन्चालकसहित जिम्मेवार ब्यक्तिलाई पक्राउ गर्न वारेन्ट जारी गरेका छौ, पक्राउ गरेर ल्याउन प्रहरिलाई निर्देशन पनि दियको छु ।उनले गलत काम गर्दा गर्दै पनि उद्योगले आफ्नो बचाउ गर्नलाई जथाभाबि नबोल्न र उपभोक्तालाइ भ्रममा नपार्न चेतावानि दिएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाले दाङलाई पत्राचार गरेको दुई दिन बितिसक्दा समेत घोराही सिमेन्ट उद्योगले उत्पादन र बिक्री वितरण गरिरहेको छ। बर्दिया जिल्लामा बिक्री वितरण गरेको ओपिसी सिमेन्ट गुणस्तरहीन रहेको तथ्य नापतौल विभागबाट पुष्टि भएपछि बुधबार मात्रै बर्दिया प्रशासनले उत्पादन तथा बिक्री वितरण रोक्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरेको थियो। घोराही सिमेन्ट उद्योगका एकजना कर्मचारीले उद्योगमा आधिकारीक रुपमा त्यस्तो कुनै पत्र प्राप्त नभएको हुँदा उत्पादन र बिक्री विरतण जारी रहेको जानकारी दिए। साथै उद्योगले वर्दिया जिल्ला प्रशासनको पत्रलाई वेवास्ता गर्दै हल्लाको भरमा उत्पादन र विक्री रोकिँदैन भनेर प्रतिक्रीया दिएपछि त्यहाको प्रशासनले कडा कदम चालेको हो ।

 

यो पनि पढ्नुहोस :

विभागले उद्योगको उत्पादन गुणस्तरहीन ठहर्याए पनि उद्योगले भने ‘हल्ला’को संज्ञा दिएको थियो । ‘उद्योगमा हालसम्म आधिकारिक रुपमा त्यस्तो पत्र कतैबाट आएको छैन’ कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने ‘आधिकारिक पत्र नआएसम्म ति कुरा हल्ला नै हुन्।’ उनले बिहीबार मात्रै उद्योगको तर्फबाट आफुहरु बर्दिया पुगेर आएको बताए। ‘हामी त्यहाँ पुग्दा त्यस्तो केही फेला पारेनौँ, उद्योगको बदनाम गर्ने नियतले हल्ला गरिएको हो’ उनले भनेका थिए । गत जेठ ३१ गते बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा बजार अनुगमनको क्रममा दाङबाट उत्पादित सगरमाथा ब्राण्डको घोराही सिमेन्ट उद्योगको ओपिसी सिमेन्टको नमूना गुणस्तर तथा नाप तौल विभागमा गुणस्तर परीक्षणको लागि पठाइएको थियो। गुणस्तर सही नभएको परीक्षण प्रतिवेदन प्राप्त भएको भन्दै बर्दिया जिल्ला प्रशासनको तर्फबाट सूचना अधिकारी महेन्द्र जङ्ग शाहीले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गर्दै तत्काल उद्योगको उत्पादन तथा बिक्री वितरण रोक्न निर्देशन दिएका थिए। यता, घोराहीस्थित सिमेन्ट उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्नको लागि प्रकृया अगाडि बढाईएको बर्दिया प्रशासनले जनाएको छ। सगरमाथा ब्राण्डको सिमेन्ट गुणस्तरहीन भएको ठहर गर्दै बिक्री वितरण बन्द गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले उक्त सिमेन्ट उद्योगमाथि कालोबजारी तथा सामाजिक अपराध मुद्दा दर्ता गरेको छ । जिल्ला प्रशासन कार्यालय वर्दियाका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले घोराही सिमेन्ट उद्योगको उत्पादित गुणस्तरहीन पाईएपछि उद्योगमाथि कालोबजारी तथा सामाजिक अपराध मुद्दा दर्ता गरेर थप कारवाही अघि बढाएको जानकारी दिए । उद्योगले आर्थिकसहीत सबै खाले चलखेल गर्न सक्ने भएकाले आफुले केही दिन अघि नै जिल्ला प्रहरी कार्यालय वर्दियामा मुद्दा दर्ता गरेको उनले बताए । ‘उद्योगमाथि कानुनि कारवाही आवश्यक छ भन्ने ठहर गरेर हामिले मुद्दा दर्ता गरीसकेका छौ, उपभोक्तामाथि एउटा उद्योगले यसरी खेलवाड गर्न पाउदैन, उक्त सिमेन्ट प्रयोग गरेर प्रत्येक ब्यक्तीले ऋण, धन गरेर घर बनाइरहेका छन्, त्यतिमात्र हैन, हाम्रा सरकारी कार्यालयले पनि त्यो सिमेन्ट प्रयोग गरेका होलान, उद्योगले आफ्नो उत्पादनमा गरेको लापरवाहीले सिंगो उपभोक्तालाई मर्का परेको छ–उनले भने । घोराही सिमेन्टको ओपिसि सिमेन्टमा केमिकल मिसाईएकाले पनि गुणस्तरहीन पाईएको भन्दै प्रजिअ कुरुम्बाङ्गले यस्ता गलत काम गर्नेहरु जो कोही भएपनि कानुन वमोजिम कारवाही गर्ने चेतावानि दिए । उद्योगलाई कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्न प्रक्रिया अघि बढाएको जानकारी दिएका उनले यो मुद्दा ठहर भएमा एक वर्ष कैद र विगो अनुसारको सजाय हुनेपनि बताए । उनले वर्दियामा उक्त सिमेन्ट विक्री वितरण नगर्न र प्रयोग गर्न नगराउन सार्वजनिकरुपमा अपिल गर्दै आएको बताउदै दाङमा पनि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर विक्री वितरण रोकिएको पनि जानकारी दिए । यसअगाडि आफ्नो मुद्दा परेपछि घोराही सिमेन्ट उद्योगको टोलि विहिवार वर्दियामा पुगेको थियो । सञ्चारमाध्यममा घोराही सिमेन्ट उद्योगको उत्पादन गुणस्तरहीन भएको प्रमाणीत भएपछि यस वारे बुझ्न उद्योगको टोलि वदिर्या जिल्ला प्रशासन पुगेको थियो । वर्दियाका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले उद्योगवाट आएको टोलिसंग आफुले भेट नगरेको दावि गरेका छन् । दाङमा पनि उद्योगको उत्पादित सिमेन्ट विक्री हुन छाडेको छ । स्थानिय प्रशासनको निर्देशन पछि उपभोक्ताहरुले अहिले घोराही सिमेन्टको उत्पादित सिमेन्ट किन्न छाडेको बताएका छन् । वर्दियाका प्रजिअ कुरुम्बाङ्गले वर्दियामा घोराही सिमेन्ट उद्योगको ओपिसि सिमेन्ट विक्री वितरण प्रहरी पठाएर रोक्न लगाएको जानकारी दिदै दाङमा पनि गुणस्तरहीन सिमेन्ट विक्री वितरण गरेको हुन सक्ने भएकाले उपभोक्ताहरुलाई सचेत हुन आग्रह गरेका छन् । ‘विहिवार उद्योगको टोलि आएको रहेछ भेट भएन, म नेपालगञ्ज थिए, म भएपनि उहाहरुसंग भेट गर्ने थिएन–उनले भने–‘मेरो जुनियर अधिकृतसंग भेट गरेर कागजका फोटोकपि माग्नु भएको रहेछ, प्रशासनका साथिहरुले जिल्ला प्रशासन कार्यालय वर्दिया जान भन्नु भएको रहेछ ।’ उद्योगले आर्थिक चलखेल गरेर सिमेन्ट उद्योगको पक्षमा काम गराउला नि भन्ने जिज्ञाशामा प्रजिअ कुरुम्बाङ्गले भने–‘त्यो कल्पना पनि नगर्नुहोस, गलत कामलाई मैले प्रोत्साहीत गर्ने कुरा हुँदैन, कालोवजारी ऐन अनुसार उद्योगलाई कारवाही हुन्छ, यदि त्यस्तो प्रकारको कुनै चलखेल भेटिएमा सबैलाई कानुनि दायरामा ल्याउछ, उपभोक्ताप्रति यति ठुलो खेलवाड गर्दा पनि स्थानिय प्रशासन मुकदर्शक बन्न सक्दैन, त्यो हाम्रो जिम्मेवारीले पनि दिदैन् ।’ केही समय पहीले गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेन्टको उत्पादन गुणस्तरहीन भएको प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सिमेन्ट बिक्री वितरण बन्द गर्न निर्देशन दिएको हो । कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त उद्योगलाई बिक्री वितरण बन्द गर्न साथै थप कारबाही समेत गर्ने जनाएको छ । उक्त सिमेन्टको प्रयोग नगर्न कार्यालयले सर्वसाधारणलाई समेत अनुरोध गरेको छ । उद्योगलाई कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्न प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त ब्राण्डको सिमेन्टको उद्योग भने दाङको घोराहीमा रहेको छ । घोराहीबाट उत्पादन हुँदै आएको सिमेन्ट बर्दियाको गुलरिया नगरपालिकामा अनुगमनका क्रममा गुणस्तरहीन भएको शंका गरिएको थियो । गुणस्तरहीन भएको आशंकामा जिल्ला प्रशासन कार्यालयले बर्दियाले परीक्षणका लागि गुणस्तर तथा नापतौल विभागमा अनुरोध गरेको थियो । विभागले सिमेन्ट गुणस्तरहीन भएको ठहर गरेपछि उद्योगलाई कारबाही गर्न लागिएको हो । अर्को निर्णय नहुञ्जेलसम्म उद्योगको उत्पादन कार्य बन्द गर्न समेत जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिसकेको छ । उता, दाङका प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले घोराहि सिमेन्टको गुणस्तरहिन भनियको सबै सिमेन्ट उठाइसक्यौ, गुणस्तर बिभागको टोलि छानबिनको लागि आउदै छ, उपभोक्तालाइ सचेत हुन अपिल गर्दछु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्