घोराही – लमही सडक खुल्यो



 

दाङ , २० – साउन । बर्षातका कारण अबरुद्ध घोराही लमही सडक खण्ड बेलुका देखि खुलेको छ । लगातार गएराती देखि आएको बर्षात स्थानीय खोलाहरुमा बढीले आएपछि घोराही लमही र घोराही तुलसीपुर सडक खण्ड बन्द भएको थियो ।  बर्षात संग स्थानीय खोलाहरुमा पानीको बहाब कम भएपछि यातायातका साधन संचालनमा आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहले दिएको जानकारी दिनुभयो । सबै सडक खण्डमा यातायात सेवा सुचारु भएसंगै जनजीवन सामान्य बन्दै गएको प्रमुख सिंहले जानकारी दिनुभयो ।

 

अनुसार सडक खण्डको बबई, कटुवा खोला,सेवार, गुर्जे, गुहार लगाएका खोलामा आएको बाढीले आइतवार दिउँसोदेखि यातायात ठप्प बनेको हो  उक्त सडक खण्डमा आधा दर्जन पुलहरु निर्माणको काम भइरहेको छ । समयमै पुल निर्माण गर्न ध्यान नदिनु तथा उपयुक्त डाईभर्सन नबनाउनुले गर्दा पुल निर्माणाधिन क्षेत्रमा बढी जोखिम बढेको देखिन्छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्