नेपाली क्रिकेट खेलाडीलाई ठुलो सफलता



काठमाडौँ : नेपालका चार खेलाडी आइसीसी टी-२० इन्टरनेशनल वरियतामा समावेश भएका छन्।

बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी तथा ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावकर शीर्ष सयको सूचीमा परेका हुन्।

आइसीसीले जारी गरेको नयाँ वरियताअनुसार नेपाली स्पीनर बसन्त रेग्मी बलिङतर्फ ७१औँ वरियतामा छन् भने फास्ट बलिङ अलराउण्डर सोमपाल कामी ९२औँ वरीयतामा छन्।

बसन्तको ३९७ तथा सोमपालको ३३८ रेटिङ छ। अष्ट्रेलियाका मार्कुस स्टोइनिस, इंग्ल्याण्डका बेन स्टोक, वेष्ट इन्डिजका आन्द्रे रेसल, भारतका रविन्द्र जडेजा भन्दा बसन्त अगाडी छन्।

यस्तै सोमपाल कामी केन रिचर्डसन, सार्दुल ठाकुर भन्दा अघि छन्।

यस्तै ब्याटिङतर्फ नेपालका कप्तान पारस खड्का ९०औँ तथा शरद भेषावकर ९८औँ स्थानमा छन्।

पारस वरियतामा किरण पोलार्ड, जर्ज बेली जस्ता खेलाडी भन्दा अगाडी छन् भने शरदपछि वेष्टइन्डिजकै डारेन शामी र जिम्बावेका सिकन्दर राजा छन्। पारसको २६५ तथा शरदको २३८ रेटिङ छ।

टी २० मा ब्याटिङतर्फ अष्ट्रेलियाका आरोन फिन्च तथा बलिङतर्फ अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन्।

नेपालले तीन वर्षपछि आइसीसीको टी-२० इन्टरनेशनल मान्यता प्राप्त खेल खेल खेलेपछि खेलाडीहरु वरियतामा समावेश भएका हुन्। गत जुलाई २९ मा नेपालले एमसीसी ट्राई सिरिज अन्तर्गत नेदरल्याण्ड्ससँग लर्ड्समा खेलेको थियो। वर्षा बाधक बनेपछि उक्त खेल पुरा हुन नपाई रद्ध भयो।

यसअघि पनि नेपालले २०१४ मा बंगलादेशमा टी-२० विश्वकप र नेदरल्याण्ड्ससँग २०१५ मा टी २० इन्टरनेशनल सिरिज खेलेपछि नेपाली खेलाडीहरु टी २० वरियतामा समावेश भएका थिए। त्यतिखेर कप्तान पारस ब्या६िङतर्फ ६४औँ स्थानमा थिए। जुन नेपाली ब्याट्सम्यानको उच्च वरियता हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्