पक्राउपछि प्रकाण्डको प्रतिक्रिया, के आयो !



काठमाण्डौ २४ साउन । जिल्ला अदालत काठमाडौंले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डलाई थुनामै राखेर थप अनुसन्धानको काम अघि बढाउन प्रहरीलाई अनुमति दिइएको हो । मंगलबार साँझ काठमाडौंबाट पक्राउ परेका प्रकाण्डसहित उनका ३ जना सहयोगीमाथि जब्बरजस्ती चन्दा असुली गरिएको अभियागमा मुद्दा दर्ता गरिएको छ ।

यसैबीच, पक्राउ परेका प्रवक्ता प्रकाण्डले सरकारले राजनीतिक गरेकै कारण आफूलाई पक्राउ गरी नजरबन्दमा राख्ने र रातभर सुत्न नदिई चरम मानसिक यातना दिने काम गरेको बताए । उनले आफू आवश्यक पर्दा देश र जनताका लागि जीवन बलिदान गर्न पनि तयार रहेको चेतावनी दिए । सरकारले देश र जनताको निम्ति राजनीनि गरिरहेको आफूलाई पक्राउ गरेर प्रतिक्रान्तिको नमूना प्रर्दशन गरेको प्रवक्ता प्रकाण्डको भनाइ छ ।

पार्टीको कामको शिलशिलामा मंगलबार हेटौडाबाट काठमाडौं फर्कने क्रममा प्रवक्ता प्रकाण्डसहित तीन जनालाई प्रहरीले काठमाडौंको टौदहबाट पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनामाथि प्रहरीले जब्बरजस्ती चन्दा असुली गरेको अभियोगमा मुद्दा चलाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्