असहाय बालबालिकासंग बिद्यार्थी नेता



 

तुलसीपुर, २४ साउन ।

बिद्यार्थी नेताहरुले आफ्नो जन्मदिन असहाय बालबालिकासंग मनाएका छन् । अनेरास्वबियू दाङका अध्यक्ष बिरबल खड्का, उनकी श्रीमती कल्पना भट्टराई खड्का र सचिब गोपाल रेग्मीले बुधबार परेको जन्मदिन असहाय बालबालिकासंग मनाएका हुन् । तुलसीपुर १८ बिजौरीमा रहेको असहाय बालविकास नेपाल बिजौरीमा रहेका बालबालिकासंग उनीहरुले जन्मदिन मनाएका हुन् । जन्मदिनको अबसरमा असहाय बालबालिकालाई खाद्यान्न, खेल पोषाकसमेत प्रदान गरेका थिए ।

जन्मदिनमा होटेलमा अनाबश्यक खर्च गर्नु भन्दा असहाय बालबालिकाको उद्धारमा खर्च गर्ने हो भने उनीहरुको भबिष्य उज्ज्वल गराउन सकिने अध्यक्ष खड्काले बताए । साहारा विहिन बालबालिकालाई उक्त संस्थाले शाहारा दिनु सकारात्मक कार्य भएको भन्दै उनले ती बालिबालिकाको उज्ज्वल भबिष्यका लागि सबैको सहयोग आबश्यक पर्ने समेत उनले बताए । साथै उनले आउँदा दिनमा थप सहयोग गर्ने समेत बताए ।

यसैबीच असहाय बालबालिकाको उज्ज्वल भबिष्य निर्माणका लागि सहयोग गर्ने यस्तै सामाजिक अभियानताले गर्दा नै आफुलाई सामाजिक काममा थप उर्जा थपेको संस्थाका अध्यक्ष बिष्णु चौधरीले बताए । जन्मदिनमा फजुल खर्च गर्नु भन्दा यस्तै साहारा बिहिन बनेका बालबालिकालाई सहयोग गरे पुञ्य कमाईने समेत उनको भनाई थियो ।

 

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्