व्यवसायी र बैंकर्सलाई जथाभावी नबोल्न गभर्नर नेपालको चेतावनी



नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले जथाभावी नबोल्न व्यवसायी र बैंकर्सलाई चेतावनी दिएका छन् ।

बैंकर्स एशोसियसन र सेजनले बिहीबार राजधानीमा गरेको अन्तरक्रियामा गर्भनर नेपालले समयअनुकुलको फाईदा हेरेर व्यवसायी र बैंकर्सले दोहोरो कुरा गर्ने गरेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन् ।

पैसा धेरै भयो राष्ट्र बैंकले लिईदिनुपर्यो भन्दै अर्थमन्त्रीकोमा पुग्ने बैंकर्स र तरलताको समयमा ऋण नलिएर समय अनुकल नाफामुखी अभिव्यक्ति दिने व्यवसायी दुवै उस्तै भएको भन्दै उनले दोहोरो भुमिकामा नदेखिन दुवै क्षेत्रलाई सचेत गराएका हुन् । साढे २ वर्ष अघि मात्रै आफुले व्यवसायीलाई बैंकसंग पैसा लिएर काम गर्नु भन्दा नमानेको स्मरण गर्दे उनले भने ‘दोहोरो बोल्ने काम नहोस् ।’

गर्भनर नेपालले वित्तिय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यत्तिगत ओभर ड्राफट्को प्रतिशत घटाइएको भएपनि व्यवसायीक ओभर ड्राफ्टमा भने कमि नआएको स्पष्ट पारे । व्यवसायीक ओभर ड्राफ्टमा गरिने लगानीलाई पनि सुरक्षित बनाउनका लागि कुन कुन र के कस्तामा कति दिने भन्ने बारे अध्ययन भईरहेको बताए । उनले ऋणको व्याजदर घट्दो क्रममा रहेकाले यही समयमा ऋण लिन व्यवसायीलाई सुझाव दिए ।

उनले संस्थागत निक्षेपका सम्बन्धमा राष्ट्रबैकले निर्देशन जारी गरिसकेकाले आपसमा लुछाचुडी नगर्न वित्तिय क्षेत्रको ध्यानाकर्षण गराए । निर्देशन अनुसार आफुहरुलाई अघि बढाउन सचेत गराउँदै उनले भने ‘राष्ट्र बैंक कठोर रुपमा आउनु नपरोस् । अब्बल नम्बरको दर्जा पाएको क्षेत्रलाई पुलिस जस्तो गर्नुपर्यो भने के हुन्छ ?’

उनले आफ्नो दक्षता र क्षमता अनुसार स्थापित अब्बल दर्जाको साखलाई कायमै राख्न पनि वित्तिय क्षेत्रलाई सचेत गराए ।नया पत्रिका

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्