आज – ३० साउन २०७५ बुधवारको राशिफल



मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमि लाभ रहला । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिथुन मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक यात्रा हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सिंह प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । तिर्थाटनको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योगपनि रहेको छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । समयको सही सदुपयोग नहोला । प्रेमप्रसङ्गमा समेत नरमाइलो

 

 

 

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मुद्दा मामिला आइलाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । – ज्यो.प. नारायणप्रसाद दुलाल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्