चलचित्र पत्रकार संघले पुनलाई पुरस्कृत गर्ने



भदौ ३, दाङ ।

चलचित्र पत्रकार संघ दाङले पत्रकार शिव पुनलाई पुरस्कृत गर्न लागेको छ । देवलोचन चलचित्र पत्रकारिता पुरस्कारबाट उनलाई सम्मान गर्न लागिएको हो । रेडियो हाम्रो पहुँचमा आबद्ध पुनलाई सम्मान गर्न लागिएको अध्यक्ष ध्रबराज न्यौपानेले बताए । चलचित्र क्षेत्रको विकासमा कलम चलाएको भन्दै उनलाई सम्मान गर्न लागिएको हो ।

शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि भदौ ४ गते हुन लागेको स्थापन दिवसको अवसरमा उनलाई सम्मान गर्न लागिएको हो । अध्यक्ष डिआरएनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दिवसको तयारी तीब्र पारिएको बताईको थियो ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन नायक पल शाहलगायतको कलाकारको टोली दाङ आउँदैछ । कोषाध्यक्ष शिब पुनले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब सन्तोष केसीले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्