दङगाली बालक दिपेन्द्र बैज्ञानिक बन्ने सपना (भिडीयो सहित)



दाङ ३ भाद्र । मानिस जब यस धर्तीमा जमिन्छ तब उ बिस्तारै उमेरले बढ्दै जान्छ,समाजको सभ्य नागरिक बन्न मन लाग्छ । त्यसका लागि सबैका आ —आफ्नै लक्ष्य उदेश्य समेत हुन्छन् ।

कसै डाक्टर बन्ने त कसैले इन्जिनियर बन्ने सपना हुन्छ भने कसैले शिक्षक कसैले बैज्ञानिक बनेर देखाउने सपना ।
ठुलै व्यक्ति बनेर देखाउने जब उमेर बढ्दै जान्छ समय र परिस्तिथले गर्दा आफुले साचे जस्तो त्यो समयमा नहुन पनि सक्छ तर भनिन्छ जहा इच्छा त्यहाँ उपाए सानै देखि नै सपना देखेर यो क्षेत्रमा लाग्दै आएका दङ्खाली युवा दिपेन्द्र नेपाली आज आएर विभिन्न किसिमका रोचक गतिविधि देखाइरहेका छन ।

घोराही उपमहानगरपालिका वडा नं १२ हापुर निवासी आफुलाई बैज्ञानिक भन्न रुचाउने दिपेन्द्र नेपालीले पछिल्लो समय विभिन्न किसिमका आविष्कार गरेका छन ।

दाङ जिल्लाको विकट ठाउँ हापुरमा भर्खरै एस ईई दिएर बसेको उनले बताए । सैघाली खबरमा गरेको कुराकानीमा उनले भने मेरो सानै देखि नै यस्तै क्षेत्रमा रुची थियो , मलाई अहिले मेरा गुरुहरुले पनि साथ दिनु भएको छ साथै मेरो घर परिवार र साथीहरुले पनि साथ दिराख्नुभएको छ गर्नु पर्छ तिम्रो लागि यो क्षेत्र उपयुक्त छ भनेर सल्लाह सुझाव तथा हौसला प्रदान गर्नुहुन्छ तर मेरो घरको आर्थिक अभावको कारण अलि समस्या पर्छ भनेको समयमा सामान जुटाउन सकिन्न ।

उनले भने मैले अहिले सम्म १६ वटा आविष्कारहरु गरिसकेको छु स्वचालित धारा , भ्याकुम क्लिनर , रात परेपछि आफै बत्ती बल्ने , हावाबाट विद्युत उत्पादन , पम्प इत्यादि जस्ता आविष्कार गरेको र दाङका अर्का बैज्ञानिक मार्सल रोकाले पनि विभिन्न उपकरण सहयोग गरेको उनले बताए ।

https://www.youtube.com/watch?v=UvA7v_KHzZo

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्